दासता उन्मूलन सम्झेर शान्ताले लेखिन् कविता

गन्थन डेस्क

आज डिसेम्बर २, अर्थात् अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस । पश्चिम तराइमा लामो समय कम्लरी जीवन बिताएकी नेकपा पूर्वसभासद् शान्ता चौधरीले विगत सम्झँदै कविता कोरेकी छिन् ।

उक्त कवितासँगै उनले बाजसँग खिचेको तस्बिर फेसबुक वालमा शेयर गरेकी छिन् । जहाँ बाजलाई प्रतिकात्मक शैलीमा दाससँग तुलना गरिएको छ ।

कविताः

जब मैले तिमीलाई बाँधिएको देखें
आफ्नै बिगत संझिएर एउटा टुक्रा लेखें ।

तिम्रो जस्तै जञ्जीरले कसिएको हात थियो
हाम्रा लागि दिन पनि निस्पट्ट रात थियो ।

मुक्त आकाश खोज्दै हौला कठ्ठै आज तिमी पनि
चिरबिर आवाज सुनिदिने को होला र तिम्रो अनि ।।

कमेन्टहरु
Loading...