जीप दुर्घटनामा १ जनाको ज्यान गयो, ५ जना घाइते

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ बावियाचौरको काफलचौरमा भएको बोलेरो जीप दुर्घटनामा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । बाबियाचौर लाम्पाटाबाट सल्लानतर्फ जाँदै गरेको प्रदेश २–०३००१ च ०२५२ नम्बरको बोलेरो जीप आज बिहान भाइबाङ खोला नजिकको सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनमा परेर जीपमा सवार ११ वर्षीया बालिका करिस्मा क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी जीपका चालक ४२ वर्षका खुमबहादुर कटुवालसहित ५ जना घाइते भएका छन् ।

घाइते चालक कटुवाल र उनकी श्रीमती सुनिता क्षेत्री, जीपमा सवार सुकला केसी, कृपा क्षेत्री र राजन क्षेत्रीलाई उपचारका लागि बेनी अस्पताल लगिएको छ । रासस

कमेन्टहरु
Loading...