पोखरा । गण्डकी प्रदेशमा थप ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको परीक्षणका क्रममा प्रदेशमा थप ७ जनालाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु लमजुङको बेसीसहर नगरपालिका वडा नम्बर २० का २४ वर्षीय १ जना पुरुष रहेका छन् ।
त्यस्तै नवलपरासी पूर्वका ६ जना रहेका छन् । संक्रमितहरु जिल्लाको गैंडाकोट, कावासोती तथा विनयत्रिवेणीका रहेका छन् ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ हजार ६ सय ५७ पुगेको छ ।