बेवारिसे शव जलाउने सपना रोका मगर विश्वका सय प्रभावशाली महिलाको सूचीमा

काठमाडौं । म्याग्दीको मंगला गाउँकी सपना रोका मगर विश्वका प्रभावशाली तथा प्रेरणादायी महिलामध्ये १ सय जनामा परेकी छिन् । सन् २०२० का प्रभावशाली तथा प्रेरणादायी १ सय जना महिलाको छनौट गर्दा सपना पनि परेकी हुन् ।

सपनाले पछिल्लो केही समय यता बेवारिसे शवलाई जलाउने काम गर्दै आइरहेकी छिन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले कठिन परिस्थिति तथा विभिन्न समस्याहरुका बीचमा पनि संघर्ष गरेर समाज परिर्वतनका लागि विभिन्न उदाहरणीय काम गरेका १ सय जना महिलाहरुको सुची सावर्जनिक गरेको हो ।

यो सुचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, कोरोनाविरुद्ध खोप अनुसन्धान गर्ने टोलीमा सामेल सरा गिल्बर्ट, मलेसियाकी अभिनेत्री मिसेल योह लगायत रहेका छन् ।

कमेन्टहरु
Loading...