चितवन । चितवनमा कोरोना भाइरस संक्रमणबाट १ जनाको ज्यान गएको छ । जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर १० का ५२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा आज बिहान ७ बजे ज्यान गएको हो । उनली खोकी, श्वासप्रश्वास लगायतका समस्या भएपछि मंसिर ४ तगे सो अस्पताल भर्ना भएका थिए । उनलाई मंसिर ७ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्दा उनको ज्यान गएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
२०८२ आश्विन १९ गते आईतवार