धरान । मोरङ तथा इलामका २ जना कोरोना भाइरस संक्रमितको धरानमा निधन भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा २ जना संक्रमितको ज्यान गएको हो ।
इलाम १ का २५ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको आइतबार राति साढे ९ बजे निधन भएको हो । उनलाई मंसिर ५ गते अस्पताल भर्ना भएका थिए ।
मृतक पुरुषलाई अस्पताल भर्ना भएकै दिनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै मोरङको सुन्दरहरैचाका ६७ वर्षीय पुरुषले समेत सोही अस्पतालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । उनको सोमबार बिहान ६ बजेर ४० मिनेट जाँदा निधन भएको हो । उनलाई कार्तिक २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
संक्रमण पुष्टि भएपनि होम आइसोलेसनमा बसेपछि मंसिर १ गते मात्र विपी प्रतिष्ठानमा भर्ना भएका थिए ।