पौष ३/चुनाव विरोधी गतिविधि गरेको आरोपमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले रिहा गरेको छ ।
चुनाव सम्बन्धी सबै काम सकिएपछि उनीहरुलाई प्रहरीले हिरासतबाट छाडेको हो । जिल्ला प्रशासन कार्यालय दाङले उनीहरुलाई सामान्य धरौटीमा रिहा गरेको प्रहरी प्रमुख हरिबहादुर बिसीले जानकारी दिनुभयो ।
चुनावमा चुनावविरोधी गतिविधि गर्न सक्ने भन्दै नेपाल कम्यूनिष्ट पार्टीका ३१ जना कार्यकर्तालाई फरक फरक स्थान र मितिमा पक्राउ गरिएको थियो ।