इलामको एक मतदान स्थलामा महिला कर्मचारी मात्रै खटाइयो , यस्तो रहेछ मुख्य कारण

मङसिर १९ , इलाम

यही मंसिर २१ गते सम्पन्न हुन गइरहेको दोस्रो चराणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । इलाम नगरपालिका–४ स्थित रूक्मिणी आधारभूत विद्यालय, मलातेमा मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महिला कर्मचारी परिचालन भएका मतदान केन्द्रमा एकजना मतदान अधिकृत, एकजना सहायक मतदान अधिकृत, चारजना सहायक कर्मचारी र दुई जना सहयोगी पनि महिला नै नियुक्ति गरिएको छ ।

निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन महिलाकै नेतृत्वमा निर्वाचन सम्पन्न गर्न महिलालाई परिचालन गरिएको सहायक निर्वाचन अधिकृत जगदीश्वर भट्टराईले जानकारी दिए ।

कमेन्टहरु
Loading...