पोखरा २४ मा एमालेको चुनावी अभियान सुरु

पोखरा। कास्कीकोटमा नेकपा एमालेले आज देखि घर दैलो तथा चुनावि कार्यक्रमहरु सुरु गरेको छ ।

स्थानिय तहको निर्वाचनको दिन जति जति नजिकीदै छ पाटीका नेता तथा कार्यक्रताहरुलाई चुनावको महावलले हुवात्ते छोपेको छ । पाटीले टिकट नपाउदासम्म कस्ले टिकट पाउने हो भन्ने कैतुहलता भईरहेका कार्यकर्तामा निर्वाचनका लागि उमेदवारी दर्ता गरेपछि चुनावी कार्यक्रमको कार्यतालिक तयार पारी घरदैलो अभियानलाई अगाडी वढाएका छन् यसैक्रममा पोखरा महानगरपालिका वडा नं २४मा नेकपा एमालेले बुघवार देखि पहिलो चरणको घरदैलो पाटेश्वाराबाट अभियानको थालनी गरेको छ ।

निर्वाचनलाई प्रभावकारी र जनता मुखि बनाउनका लागि चुनाव परिचालन कमिटिको ब्यवस्थापनमा उमेदवार परिचय सहित भावी योजनाहरुका बारेमा मतदाताहरुलाई जानकारी गराईएको थियो । गत २०७४ सालको स्थानिय निर्वाचनमा एमालेले बिजय प्राप्त गरेको वडा नं २४ मा यस पटक वडा अध्यक्षमा रामचन्द्र थापा ,महिला सदस्यमा सरस्वती त्रिपाठी (शोभा),दलित महिला सदस्यमा मैया नेपाली र सदस्यहरुमा कृष्ण सुवेदी र रेशम सुवेदी रहेका छन्। ।

निवार्चन परिचालन कमिटीका संयोजक शिव सुवेदी संयोजक नेतृत्वमा भएको घरदैलो कार्यक्रममा आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उम्मेदवार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नम्वर २४ का वडाध्यक्ष रामचन्द्र थापा सहितको टोलीलाई विजयी गराउन अनुरोध गरेका थिए ।

कमेन्टहरु
Loading...