प्रदेश ४ मा वडाध्यक्ष बराबर तलब माग्दै वडा सदस्य आन्दोलनमा

पोखरा, ५ चैत /प्रदेश ४ का स्थानीय तहका वडा सदस्य र कार्यपालिका सदस्यहरुले वडाध्यक्षकै हेसियतमा तलब सुविधा पाउनुपर्ने माग सहित सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् ।

७ जिल्लाका स्थानीय तहका सदस्यहरुले सोमबार संयुक्त रुपमा प्रदेश सभामुख नेत्रनाथ अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन् । उनीहरुले काम गर्न तयार रहेको भन्दै सोही अनुसार काम र तलब सुविधा हुनुपर्ने माग गरे ।

जनप्रतिधिलाई फरक ब्यवहार देखाउन नहुने भन्दै उनीहरुले तत्कालै समान सुविधाको ब्यवस्था मिलाउन आग्रह गरेको पोखरा लेखनाथमहानगर पालिकाका कार्यपालिका सदस्य ओम गौचनले बताए । उनले सभामुखलाई ज्ञापनपत्र बुझाउदै सदस्यहरुले माग पूरा नभए कडा संघर्ष गर्ने चेतावनी दिए ।

कमेन्टहरु
Loading...