नागढुङ्गामा तीज विशेष कार्यक्रममा जेष्ठ सदस्यलाई सम्मान

पोखरा, ८ भदौ /नेपाली नारीहरुको महानपर्व हरितालिका तीज नजिकिंदै गर्दा नागढुङ्गामा पनि तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । नागढुङ्गा आमा समुहको आयोजनामा बुधबार भएको कार्यक्रममा समुहमा आवद्ध सदस्य, सल्लाहकार तथा टोलका अन्य संघसंस्थाका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

नागढुङ्गामा तीज विशेष कार्यक्रममा जेष्ठ सदस्यलाई सम्मान
नागढुङ्गामा तीज विशेष कार्यक्रममा जेष्ठ सदस्यलाई सम्मान

तीज पर्वलाई तडकभडक भन्दा पनि सामान्य रुपमा मनाउनुपर्नेमा उनीहरुले जोड दिए । सोहि कार्यक्रमविच समुहका जेष्ठ सदस्य दिलमाया लामिछानेलाई सम्मान गरिएको थियो । लामो समयदेखि समुहमा आवद्ध लामिछाने समुहका सबैजसो कार्यक्रममा सहभागि हुदै आएकि थिइन् ।

समुहले हरेक वर्ष तीजका अवसरमा आफ्नों समुहमा आवद्ध जेष्ठ सदस्यालाई सम्मान गर्दै आएकोमा यस वर्ष लामिछानेलाई सम्मान गरिएको हो । कार्यक्रमका सहभागिहरुले तीजे दर खानुका साथै तीजे भाखामा मादल बजाएर नाचगान समेत गरे ।

कार्यक्रममा समुहका निवर्तमान अध्यक्ष पवित्रा गिरी, नागढुङ्गा टोल विकास संस्थाका अध्यक्ष मथुरा गिरी, लगाएतले तीजको अवसरमा शुभ–कामना व्यक्त गरेका थिए । समुहका अध्यक्ष लक्ष्मी गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमला केसी तथा सञ्चालन सचिव सिमा लामिछानेले गरेकि थिइन् ।

कमेन्टहरु
Loading...