समाधान राष्ट्रिय दैनिक चार नम्बर प्रदेशको पहिलो रंगीन पत्रिका

पोखरा, ८ भदौ /पोखराबाट प्रकाशन हुदै आएको समाधान राष्ट्रिय दैनिक रंगीन प्रकासन हुन थालेको छ । मौफलसबाट प्रकासन हुने अधिकास पत्रिकाहरु एक कलरमा मात्रै प्रकासन हुने गरेकोमा समाधानले रंगीन यात्रा सुरु गरेको हो ।

समाधान राष्ट्रिय दैनिक चार नम्बर प्रदेशको पहिलो रंगीन पत्रिका
समाधान राष्ट्रिय दैनिक चार नम्बर प्रदेशको पहिलो रंगीन पत्रिका

समाधान दैनिकका सम्पादक रामकृष्ण ज्ञवालीले रंगीन प्रकाशनका लागि आवश्य सबै मेसिनहरु ल्याए पछि भदौ ५ गते आइतबार देखि रंगीन यात्रा सुरु गरेको बताए । उनले केही समय पहिले पनि रंगीन प्रकासन भए पनि मेसिनका कारण रोकिएर आइतबार देखि निरन्तर सुरु हुने बताए ।

उनले यो प्रदेश नम्बर ४ को पहिलो रंगीन दैनिक भएको समेत दावी गरे । समाधान मिडिया प्रालिका अध्यक्ष उमानाथ बरालले अब पहिले जस्तो रोकिनु पर्ने कुनै कारण नरहेको बताए । उनले रंगीन प्रकासनका लागि अवाश्यक पर्ने सिटिपि मेसिन करिब १ करोड ५० लाखको लागतमा ल्याएको बताए । उनले भने पहिले अरुको भरपर्दा रोकियो अब रंगीन यात्रा पत्रिका चलिरहेने छ ।

कमेन्टहरु
Loading...