सागर राज तिमिल्सिना
पोखरा, १० असोज/मदरल्याड मावि मासबार पोखरालाई शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गर्दै एक पछि अर्को अर्वाड पाएको छ । पश्चिमाञ्चल क्षेत्रबाट संस्थागद विद्यालयतर्फको उत्कृष्ट भई पुरस्कार शिक्षा दिवसको दिन सरकाबाट पुरस्कृत भए पछि अन्य दुईवटा अर्वाड समेत प्राप्त गरेको छ ।
त्यस पछि मदरल्याड माविले व्रिटिस काउन्सिलले इन्टरनेश्नल विद्यालय अवार्डबाट सम्मान गरेको छ । विद्यालयको पाठ्यक्रम बाहेक अन्तराष्टिय शिक्षा प्रभावकारी रुपमा प्रदान गरेको भन्दै व्रिटिस काउन्सिले सम्मान गरेको हो । व्रिटिस काउन्सिले यस वर्ष नेपालको ११ विद्यालयलाई सम्मान गरको छ भने पोखराबाट २ वटा विद्यालय पर्न सफल भएका छन् । मदरल्याड बाहेक पोखराको इस्प्राइरल ग्यालेक्सीले पनि यो अर्वाड पाएको छ ।
यो अर्वाडले बेलायती स्कुलहरु सगँ समन्य गरेर मदरल्याडका विद्यार्थीहरुले अध्यक्षनलाई प्रभाव कारी बनाउन सक्ने विद्यालयका प्रधानध्यापक नारायण प्रसाद बरालले जानकारी दिए । उनले यो अर्वाड पाए पछि विद्यालयले तीन वर्ष सम्म लोगो प्रयोग गर्न पाउने, विद्यार्थीहरुको सिकाइलाई अझ प्रभावकारी बनाउन शिक्षा आदान प्रदान गर्न पार्ने लगाएका सुविधा हुने बताए । उनले विद्यलायका विद्यार्थीहरुले १५ वटा नयाँ पोजेक्ट बनाएकाले अर्वाड पाएको बताए ।
त्यसै गरि मदरल्याडले रियल स्कुल अफ नेपालको तेस्रो स्थान हासिल गर्दै उपाधि जितेको छ । विद्यालयले नेपाल भरिबाट छनौट भएका १० विद्यालय मध्ये तेस्रो स्थान हासिल गरेको हो । विभिन्न ६ वटा विधामा भएको प्रतिस्पर्धामा भाग लिएका विद्यार्थीहरुको अंकका आधारमा मदरल्याड तेस्रो भएको बरालले बताए । विद्यालयलाई नगद २५ हजार, शिल्ड र प्रमाणपत्र तथा विद्यार्थीलाई प्रति विद्यार्थी नगद ३ हजार प्राप्त गरेको उनले बताए ।
यस कारण उत्कृष्ट
पोखरामा स्थापना भएको एक नीजि विद्यालय स्थापनाको २२ वर्षमा अन्य विद्यालयलाई पछि पार्दै पश्चिमाञ्चल कै नम्बर एकमा पर्न सफल भएको छ । पोखराको मदरल्याण्ड उच्च मावि संस्थागत विद्यालयतर्फ पश्चिमाञ्चलकै उत्कृष्ट विद्यालय हुदै बिहीबार नगद १ लाख सहित समानीत भएको छ ।
सरकारले शिक्षा दिवसको अवसरमा पुरस्कृत गर्ने विद्यालयको सूचिमा मदरल्याण्ड पश्चिमाञ्चलको पहिलो र देशकै तेश्रो उत्कृष्ट विद्यालयको रुपमा सूचिकृत भएको हो । विद्यालयले शिल्ड, ध्वजा, प्रमाणपत्र र एक लाख नगद प्राप्त गरेको छ । विद्यालय छनौट समितिले बिशेष अध्ययन गरेर मदरल्याण्डलाई उत्कृष्ट विद्यालयको रुपमा सिफारिस गरेको हो । यस विद्यालयले ८६।३६ अकं प्राप्त गरेको छ । शैक्षिक गुणस्तरीयताकै कारण आफ्नो विद्यालय उत्कृट हुन सफल भएको विद्यालयका उच्च मावि संयोजक तथा संस्थापक सदस्य नारायण प्रसाद आचार्यले बताए ।
मदरल्याण्डले अघिल्लो एसएलसी परीक्षामा न्यूनतम २।७ देखि अधिकतम ३।९ सम्म जिपिए प्राप्त गरेका विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो । २०६१ सालदेखि उच्च मावि संञ्चालन गरेको विद्यालयमा हाल २ हजार ३ सय बढी विद्यार्थी अध्ययनरत छन् । ४५ जना विद्यार्थीबाट २०५१ सालमा सुरु भएको मदरल्याण्डमा अहिले करिब २ सय जनाले रोजगारी पाएका छन् ।
अघिल्लो एसएलसी परीक्षाको उत्तीर्ण दर, प्राप्त जिपिए, ९ कक्षाको बिद्यार्थी भर्नादर र उत्तीर्ण दर हेरेर उत्कृष्ट विद्यालयको रुपमा छनौट गर्ने गरिन्छ । १ सय ५४ जनाले परीक्षा दिएको अघिल्लो बर्षको एसएलसी परीक्षामा ६१ जनाले ’ए’ ग्रेड प्राप्त गरेका थिए । विद्यालय उत्कृष्ट हुनु पोखराकै लागि गर्वको बिषय भएको विद्यालयका संस्थापक कृष्ण बरालले बताए । यसलाई कायम राख्न र सँधै उत्कृष्ट बनाउनका लागि आँफुहरु दिनरात लागिरहने बताए ।
२०५१ सालमा स्थापित विद्यालयमा हालसम्म १३ सय भन्दा बढी विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका छन् भने उत्तीर्ण विद्यार्थीहरु कुनै न कुनै पेशा ब्यवसायमा लागेका बराल बताउँछन् । हाम्रा विद्यार्थीहरु विश्वमै प्रतिश्पर्धा गर्न सक्ने खालका छन्, उनले भने–मेडिकल, इञ्जिनियरिङ, बैंकिङ क्षेत्रमा हाम्रै विद्यार्थीहरु धेरै देखिन्छन् । एसएलसी बोर्ड हुँदा यहाँका विद्यार्थीहरु नेपालमै दोश्रो स्थानसम्म पुगेका बताए ।
उनले एउटै व्याजबाट १५ जनाले सम्म एमविविएसका लागि नाम निकालेको उल्लेख गरे । विद्यार्थीको लगनशिलता, कुशल ब्यवस्थापन र उत्कृष्ट नतिजाका कारण विद्यालय देशमै परिचित भएको विद्यालयका प्रधानध्यापक नारायण प्रसाद बराल बताउँछन् । उनले अझै सर्बोत्कृष्ट हुनका लागि मेहिनत गर्ने बताए ।
मदरल्याण्ड माविका निर्देशक त्रिभुवन शर्माले विद्यालयको ऐतिहासी उपलब्धी भएको बताउदै चुनौती थपिएको बताए । ‘अहिले पश्चिमाञ्चलमा पहिलो भएको छ,’ उनले भने, ‘यो उपलब्धीलाई कायम नै राखेर राष्ट्रियस्तर मै पहिलो हुने लक्ष्य सहित अगाडी बढ् छौ ।’ उनले सबै विद्यार्थी, शिक्षक र कर्मचारीको उपलब्धी भएको बताए । उनले कास्कीमा नीजि विद्यालयले पहिलो पटक पश्चिमाञ्चलमा उत्कृष्टको उपाधि जितेको दावी गरे ।