विवाहको अवसरमा समुदायीक संस्थालाई नगद सहयोग

पोखरा, ६ माघ/कास्कीकोट गाबिस वडा न ९ घर भई हाल पोखरा उपमहानगर पालिका वडा नं १७ बस्ने सुबेदी परिवारले विवाहको अवसरमा सामाजीक संस्थानलाई सहयोग गरेको छ । कास्कीकोटमा रहेको उज्जवल भविष्य सामुदायिक संस्थालाई आर्थिक सहयोग गरेको हो । पिता रामचन्द्र सुबेदी र माता सुशिला सुबेदीका छोरा बुहारी मिलन सुबेदी र बेहुली सम्झना तिमिल्सीनाले संयु्क्त रुपमा सामाजिक कार्यमा क्रियाशिल संस्था उज्जबल भविष्य सामुदायिक संस्थालाई ५० हजार रुपैया सहयोग गरेका हुन् ।

बुहुला मिलन सुबेदी आयोजना गरी बुधबार संस्थाका अध्यक्ष दुर्गा तिमिल्सीनालाई ५० हजारको चेक हस्तारन्तरण गरेका हुन । संस्थाले हाल कास्कीकोटमा निम्न आर्थिक अवस्था भएका बालबच्चाहरुलाई पढाई दिने देखी स्वास्थ्थय शिबिर र रक्त दान जस्ता सामाजिक कार्य गर्दे आइरहेको छ । हस्तारन्तरण कार्यक्रममा सुबेदीका पिता रामचन्द्र सुवेदीले सामाजिक उत्तरदायित्व अन्तरगत केही गरौ भन्ने भावनाले गाउँ, टोल र स्थानिय स्तरमा सामाजिक कार्यमा अनबरत सेवा गर्दै आएको संस्था भएकोले छोराको विबाहको केही खर्च रकम कटाएर संस्थालाई सहयोग गरेको बताए ।

सहयोग रकम सानो भएता पनि संस्थाले गर्ने सामाजिक कार्यका लागि केही योगदान होस भन्ने भावनाले सहयोग गरेको उनले भने । सहयोग रकम बुझदै संस्थाका अध्यक्ष दुर्गा तिमिल्सीनाल समाजमा सहयोगको भावना भएका मानिस कमै छन भन्दै यहाँहरुको सहयोगले संस्था अझ राम्रा र रचनात्मक कार्य गर्दै जाने बताउदै आगामि दिनहरुमा पनि यस्ता सहयोगी हातहरु लिएर आउन सुबेदी परिवारलाई आग्रह गरेकी छिन ।

उक्त आर्थिक सहयोग हस्तारन्तरण कार्यक्रममा उपस्थिति हरिकृष्ण पहारी लगाएतका बक्तहरुले सुबेदी परिवारले गरेको सामाजिक क्षेत्रमा गरेको सहयोगको प्रशंसा गर्दै सकरात्मक कदम भनि टिप्पण्ी गरेका छन् ।

कमेन्टहरु
Loading...