जेष्ठ नागरिकको सेवा गरे भगवान खोज्न टाढा जानुपदैन्ः गुरुङ

पोखरा, १० जेठ /पोखरा लेखनाथ महानगरपालिकाका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङले बृद्धबृद्धाको सेवा गरे धर्म हुने बताएकी छन् । पोखरा लेखनाथ महानगरपालिका वडा नम्वर २५ मा निर्माण गरिएको धोनदेङि बृद्धाश्रमको उद्घाटन गदै उनले भनिन –‘बृद्धबृद्धा साक्षत भगवानका रुप हुन्, भगवान खोज्न टाढा जानुपदैन् उनीहरुको सेवा गरे हुन्छ ।’

काबा मेयर गुरुङले बृद्धबृद्धाको सेवा गनै सवैभन्दा ठूलो धर्म हुने भएकाले नैतिक, भौतिक रुपमा सहयोग र सम्मान गर्नुपर्ने बताइन् । ‘हामीले अहिले बृद्धबृद्धाको सेवा र सम्मान गरे त्यसको भागीदार बन्न पाउने छौ ।’ उनले सवै भोली बृद्ध हुनुपर्ने भएकाले अहिले बृद्धहरुको सम्मान र सेवा गरेपछि आउने पुस्ताले हामीलाई पनि सेवा र सम्मान दिने बताईन् ।

उनले पोखरा महानगरपालिका भित्र रहेका धार्मिक संघसस्था, मठ, मन्दिर, बौद्ध, गुम्बाको संरक्षण गर्ने जिम्मेवारी महानगरको भएको बताइन् । उनले बृद्धाश्रमका लागी कानुनको परिधि र प्रक्रियाभित्र रहेर सहयोग गर्ने बताइन् । महानगरभन्दा नजिकको सरकार वडा भएकाले वडासंग समन्वय र सहकार्य गरेर काम गर्न आग्रह समेत गरिन् । साङपा फाउण्डेसनका अध्यक्ष एवं बौद्ध धर्मका धार्मिक गुरु स्याङपो रिम्पोछेले हेम्जामा रहेको ज्याङछुब छोइलिङ गुम्वामा रहेका बृद्धबृद्धाका लागी बृद्धाश्रम निर्माण गरिएको बताए ।

उनले जेष्ठ नागरिकको अवस्था कठिन हुने भएकाले आफुले धेरै पहिलादेखेको सपनालाई विभिन्न सहयोगदाताको सहयोगमा पुरा गरेको बताए । जेष्ठ नागरिकको सम्मान र सेवा गर्नुपर्ने बताउदै जेष्ठ नागरिकको संरक्षण सवैको साझा कर्तब्य भएको बताए ।

साङपा फाउण्डेशन नेपाल, हेल्थ तिब्बेत ट्रष्टको र हेम्जामा रहेको ज्याङछुब छोइलिङ गुम्वाको आर्थिक सहयोगमा बृद्धाश्रम निर्माण भएको हो । १ करोड ५० लाखको लागतमा निर्माण गरिएको बृद्धाश्रममा २० कोठा रहेका छन । बृद्धाश्रममा १५ कोठामा १७ जना बृद्धाबृद्धका लागी ब्यवस्था गरिएको छ भने अन्य पाँच कोठामा मेडिकल, डाइनिङ लगायतको ब्यवस्था गरिएको साङपा फाउण्डेशनका सदस्य सीता गुरुङले जानकारी दिइन् । बृद्धाश्रम आधुनिक, सुविधा सम्पन्न र अपाङगमैत्री रहेको गुरुङले जानकारी दिइन् ।

कार्यक्रममा हेम्जामा रहेको ज्याङछुब छोइलिङ गुम्वा ब्यवस्थापन समितिका अध्यक्ष सोनाम रिङप्यले धन्यबा ज्ञापन र राजबहादुर गुरुङले संचालन गरेका थिए । यसैवीच कार्यबाहक मेयर गुरुङले बृद्धाश्रम सम्म पुग्ने २ सय एक मिटर ढलानबाटोको समेत उद्घाटन गरिन् । पोखरा लेखनाथ महानगरपालिका र साङपा फाउण्डेशनको ५०/५० प्रतिशत लगानीमा उक्त बाटो निर्माण गरिएको हो । बाटो निर्माण गर्न १५ लाख रुपैयाँ लागेको बताइएको छ ।

कमेन्टहरु
Loading...