एकल महिलालाई सिप मुलक तालिम

पोखरा १५, साउन /सिप हुनेलाई कहिल्यै दुख पर्दैन भन्ने उदघोषका साथ शुरु गरिएको मानव अधिकारका लागि महिला, एकल महिला समुहद्धारा संचाालित एक महिने बुटिक तथा कढाइ तालिमको शनिबार समापन भएको छ ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेलले एकल महिलाको आर्थिक सशक्तिकरणकालागि सिप मुलक तालिम सहयोगी हुने बताए । उनल सिपमुलक तालिम लिने तर व्यवसायिकता तिर अग्रसर नहुँदा लगानीको प्रतिफल आउन नसकेको भन्दै,यो तालिमले महिला उद्यमीको संख्या बढ्नेमा आशावादी भएको बताए ।

उनले १० प्रतिशत महिलाकालागि छुट्टाएको बजेट उद्देश्य अनुरुप खर्च हुन नसकेको भन्दै महिला सशत्तिकरणको उपलब्धि देखिने गरी अगाडि बढ्नु पर्ने बताए ।  त्यसैगरी समुहका सल्लाहकार दुर्गा थापाले आत्मनिर्भरताले नै आत्मविश्वास जगाउने बताइन् । उनले सिपमुलक तालिम सिकेपछि व्यवासायिकतालाइ जोड दिएर जिविकोपार्जनको बाटो खोल्न आग्रह गरिन् ।

पोखरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित सो तालिममा पाँच जना एकल महिलाको सहभागिता रहेको थियो । सहभागिलाइ प्रमुख अतिथिले तान वितरण गरेका थिए । उनीहरुलाई प्रशिक्षक गिता रेग्मीले प्रशिक्षण दिएकी थिइन् । समुहका अध्यक्ष प्रमिला तझ्याको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष इश्वरी चापागाइले स्वागत र संचालन सचिव जुना के.सीले गरेकी थिइन् ।

कमेन्टहरु
Loading...