अमेरिकाको उच्च शिक्षा प्रणालीवारे छलफल

पोखरा, ९ फागुन/नेपाल अंग्रजी भाषा शिक्षक एशोसियसन (नेल्टा) पोखराले मासिक अन्तरक्रिया कार्यक्रम अन्तर्गत शनिवार अमेरिकाको उच्च शिक्षा प्रणालीका वारेमा छलफल गरेकोे छ ।

नेल्टा कास्कीका अध्यक्ष पितृराज बास्तोला, शिक्षा विभागका समवेदन कोइराला र काठमाण्डौ विश्वविद्यालयका डा.सुरेश गौतमले नोभेम्वर १८ देखी डिसेम्वर १० सम्म अमेरिकाका विभिन्न राज्यका विश्वविद्यालयहरुको अवलोकन भ्रमण पश्चात आफुहरुले भ्रमण अवधिमा देखे सिकेका ज्ञान र अनुभवहरु छलफलमा राखे ।

अमेरिकी शिक्षामा स्थानीय सरकारको पहुँच, शिक्षण सिकाईमा अत्याधुनिक प्रविधिको प्रयोग र विद्यार्थी केन्द्रीत शिक्षण सिकाई अमेरिकी शिक्षाका विशेषता रहेको अध्यक्ष बास्तोलाले जानकारी दिए । निशुल्क तथा अनिवार्य विद्यालय शिक्षा, दुर शिक्षा, निरन्तर शिक्षा तथा विद्युतिय शिक्षाको प्रयोग अमेरिकी विश्वविद्यालयहरुमा अत्यधिक रहेको उनले वताए । अमेरिकी उच्च शिक्षामा सरकारी तथा नाफा रहित गैरसरकारी विश्वविद्यालयहरु रहेका र शिक्षामा सवै क्षेत्रको सहकार्य रहेको र चार प्रतिशत अन्तराष्ट्रिय विद्यार्थीहरुले अध्ययन गरिरहेको भनाई उनीहरुको थियो ।

भ्रमणले अमेरिकी उच्च शिक्षाको अध्ययनका साथै राजनैतिक, सास्कृतिक, ऐतिहासिक र द्धिपक्षिय सम्वन्ध विस्तारमा महत्वपुर्ण योगदान पुगेको भनाई रिलो अफिसर रसेल वार्चेकको थियो । कार्यक्रममा एल्फ स्टेला वासनर प्राध्यापक तीर्थराज अर्यालले पनि आफ्नो भनाई राखे ।

अन्तरक्रिया कार्यक्रममा भानुभक्त शर्मा, गोपीराज अधिकारी, वामन घिमिरे, उपेन्द्र पौडेल र सुशील अधिकारीले जिज्ञासा राखेका थिए । संस्थाका अध्यक्ष पितृराज वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा मुकेश अधिकारीले स्वागत र सचिव नवराज न्यौपानले कार्यक्रम संचालन गरेका थिए ।

कमेन्टहरु
Loading...