राजनीतिक स्थिरताका लागि निर्बाचनको विकल्प छैन

पोखरा, ६ माघ /संबिधानसभाबाट जारी नेपालको संबिधानमा मधेशकेद्रित दलहरुको असनतुष्टी संबोधन गर्नका लागी संबिधान संशोधनको प्रक्रियमा रहेको भएपनि संबिधान कार्यान्वयनमा नेपालको राजनीति अनिर्णयको बन्दी भएको एक कार्यक्रमका बक्ताहरुले बताएका छन ।

मानब अधिकार संरक्षण मञ्च कास्कीले संबिधान कार्यान्वयन ,संघियता र आबधिक निर्बाचन बिषयक अन्तरकृयामा सहभागीहरुले उक्त धारणा ब्यक्त गरेका हुन । कार्यक्रममा प्रमुख अतिथी पुर्ब सभामुख तथा बरीष्ठ अधिबक्ता दमननाथ ढुगानले देशको भौगोलीक अबस्थाको कारण छिमेकी मुलुकहरुको चासोलाइ समेत ध्यान दिएर राजनीतिक संक्रमणकालको अन्त्य गरीनुपर्ने बताउदै मधेश केन्द्रित मोर्चाको मागलाइ राजनीतिक सहमतीको आधारमा संबिधान संशोधन गरीनुपर्नेमा जोड दिदै लोकतन्त्रमा निर्बाचनको बिकल्प नरहेको भन्दै असन्तुष्ट पक्षहरुको माग संबोधन गरेर निर्बाचनमा जानुपर्ने बताए ।

सो अबसरमा उनले भने संबिधान बन्यो मधेश जल्यो , शंसोधन प्रस्ताब आयो पहाड जलेको छ यस प्रकार मुलुक अन्तहिन द्धन्दमा जानसक्ने खतरा रहेकोले समस्याको सहि समाधान खोजीनुपर्नेमा जोड दिए । कार्यक्रमका बिषेश अतिथी एबं नागरीक अगुवा पद्यमरत्न तुलाधरले मुलुकको राजनीतिक परिबर्तमा दलहरुलाइ जनताले साथ दिएका थिए तर संधिान निर्माणमा भएका त्रुटीहरु सच्याउन भन्दा दलहरु स्वार्थको राजनीतिमा लाग्दा आज अस्थिरता मौलाएको धारणा राखे सो अबसरमा उनले भने सबैलाइ सर्बस्विकार्य संबिधान कहिपनि हुदैन तथापी समानुपातीक र संसदिय ब्यबस्था मुलुकका लागी अस्थिरताको उपज भएको भन्दै देशको अस्तित्व आदीबासी जनजाती भएकोले आदीबासीहरुका माग सम्बोधन गरीनुपर्नेमा जोड दिए ।

मानब अधिकार सरक्षण मञ्च कास्कीका अध्यक्ष कमलप्रसाद अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका पुर्ब सचिब ठाकुरप्रसाद बरालले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मञ्चका केन्द्रिय अध्यक्ष नबदत्त उपाध्याय, नेकपा एमालेका पदम पौडेल,नेकपा माओबादीका बिश्वप्रकास लामीछाने, राप्रपाका गणेश ढकाल, बरीष्ठ अधिबक्ता तिलक आचार्य, अधिकारकर्मी खगराज आचार्य,राष्टिय मानब अधिकार आयोग पोखरा प्रमुख सुर्य देउजा, लगायतले तिनै तहको निर्बाचन नगरी संसदको म्याद थप गर्नसक्ने दलहरुको नियतप्रती नागरीक समाजले समयमा नै खबरदारी गर्नुपर्नेमा जोड दिएका थिए ।

कमेन्टहरु
Loading...