पुम्दीकोटमा जारी महायज्ञमा नवौ दिनसम्म ६ करोड बढी संकलन

पोखरा, ११ फागुन/पोखरा २५ पुम्दीमा जारी महाशिवपुराण एवं धार्मिक पर्यटन महोत्सव २०७३ मा नवौ दिनसम्म ६ करोड बढी सहयोग संकलन भइसकेको छ । महायज्ञमा बुधवारमात्र १ करोड १ लाख सहयोग संकलन भएको महायज्ञमुल आयोजक समितीका संयोजक चन्द्रकान्त बरालले जानकारी दिनु भयो ।

महायज्ञमा पोखरा १७ पार्दी निवासी लिलाभक्त आचार्य परिवारबाट २५ लाख सहयोग प्राप्त भएको छ । पोखरा २५ अनदुमा रहेको वल्र्डपिस रिसोर्ट प्रालीबाट ८ लाख ८८ हजार ८ सय ८८ , पोखरा ७ नुवारथोक निवासी हरिनन्द बराल बाट २ लाख २५ हजार , पोखरा २५ पुम्दीमा रहेको धु्रवतारा आमा समुह तथा जागृती टोल विकास संस्था सिरवान ,पोखरा २५ लुकुन्स्वारा निवासी गंगादेवी बराल बाट २ लाख २५ हजार ५ सय ५१ सहयोग प्रदान गरेको प्रचार संयोजक माधव रेग्मीले जानकारी दिनुभयो ।

महायज्ञमा पोखरा २५ डाँडाथोक निवासी टोपली बरालबाट २ लाख २५ हजार ५ सय ५ , पोखरा २५ तल्ला गाउँ निवासी मिन वहादु भुजेल बाट २ लाख २५ हजार ५ , पोखरा २५ शिरवानी निवासी शोभी बरालबाट २ लाख २५ हजार ८ सय ५५ , पोखरा ७ नुवारथोक निवासी राजु वराल २ लाख २५ हजार ५ सय ५५, पोखरा २५ भ्यु प्वाइन्ट निवासी हरिभक्त सुवेदी बाट २ लाख २५ हजार , पोखरा १७ विरौटा रहेको काइराला हार्डवेयरबाट २ लाख ७५ हजार १ सय ११ पोखरा २५ सिरवानी निवासी मोहदत्तबराल बाट २ लाख २५ हजार ५ सय ५५ समितीका कोषाध्यक्ष मात्रीका बरालले जानकारी दिनुभयो ।

महायज्ञमा पोखरा २५ वर्साङ बाट २ लाख २५ हजार ५ सय ५५ , पोखरा २५ उपल्लो बर्साङ २ लाख २५ हजार ५ सय ५५ , पोखरा २५ उपल्लो बर्साङ निवासी यामलाल पौडेल बाट २ लाख २५ हजार ५ सय ५५ , पोखरा २५ उपल्लो बर्साङ निवासी गिरधारी पौडेलबाट २ लाख २५ हजार ५ सय ५५ ,पोखरा २५ तल्लागाउँ निवासी अम्बिका देवी बराल हाल पोखरा १७ निबासी बाट २ लाख २६ हजार १ सय २५ , पोखराा १७ राष्टबैक चोक निवासी शोभाकान्त बरालबाट २ लाख २६ हजार ५ सय १८ , पोखरा अमरसिंहचोक सिंगापुरटोल निवासी सरुसापकोटा पौडेलबाट २ लाख २५ हजार ५ सय ५५ सहयोग प्राप्त भएको महायज्ञमुलआयाजक समितीका सहसंयोजक हिमलालबरालले जानकारी दिनुभयो ।

महायज्ञमा पोखरा २५ तल्लागाउँ हाल पोखरा १७ निवासी डिलबहादु भुजेलबाट १ लाख ५ सय ५५ , पोखरा २५ सिरवानी निवासी प्रजापती बराललबाट १ लाख ११ हजार १ सय ११ , पोखरा २५पुम्दीकोटमा रहेको एस हिमालयन रिसोर्ट प्रालीबाट १ लाख १ हजार , पोखरा १७ छोरेपाटन निवासी विन्जुला घिसीङबाट १ लाख १ हजार १ सय ११ , लायन्स क्लव अफ पोखरा गोल्डेन चौतारी परिवार पोखराबाट १ लाख १ हजार १ सय ११ , पोखरा १७ छोरेपाटन निवासी केशरबहादुर बाँस्तोलाबाट १ लाख १ हजार १ सय १ , पोखरा २५ कोदी निवासी विष्णुहरी बरालबाट १ लाख १ हजार १ सय ११ ,पोखरा २५ तल्लागाउँ निवासी एम बहादुर भुजेलबाट १ लाख १ सय ११ सहयोग प्राप्तभएको महायज्ञमुलआयोजक समितीका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो । फागुन ३ गते देखी शुरु भएको महायज्ञ १३ गतेसम्म चल्ने छ भने महायज्ञमा भक्तजनको उल्लेख्य सहभागीता रहेको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...