कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४५ हजार, संक्रमित करिब २२ लाख

पोखरा, ५ वैशाख / कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सख्या विश्वभर १ लाख ४५ हजार ४ सय ५४ जनाको मृत्यु भएको छ । वर्डमिटरका अनुसार बिहीबार मात्रै ६ हजार ९ सय ८० जनाको ज्यान गएको छ ।

बिहीबार मात्रै अमेरिकामा २ हजार १ सय ६२ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको सख्या ३४ हजार ६ सय ५ पुगेको छ भने संक्रमितको सख्या ६ लाख ७७ हजार ४ सय ७ जना पुगेका छन् । त्यसै गरि स्पेनमा विहीबार मात्रै सय ५ सय ३ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको सख्या १९ हजार ३ सय १५ जना पुगेको छ ।

स्पेनमा १ लाख ८४ हजार ९ सय ४८ जनाको संक्रमित भएका छन् । इटालिमा अहिले सम्म २२ हजारको मृत्यु भएको छ भने संक्रमित १ लाख ६८ हजार ९ सय ४१ जना छन् । चीनबाट शुरु भएको कोरोना अहिले सम्म २ सय १० देशमा फैलिसकेको छ । चीनमा ३ हजार ३ सय ४२ जनाको मृत्यु भएको छ भने ८२ हजार ३ सय ४१ संक्रमित भएका छन् ।

नेपालको अर्को छिमेकी भारतमा बिहीबार मात्रै २७ जनाको मृत्यु भएको छ भने ४ सय ४८ जनाको मृत्यु भएको छ । अहिले सम्म १३ हजार ४ सय ३० जनामा संक्रमण फैलिएको छ । विश्वभर २१ लाख ८० हजार ९ सय ६८ जना संक्रमित भएकामा ५ लाख ४७ हजार १४ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...