कोरोना महामारीबाट विश्वमा मृत्यु हुनेको संख्या ९५ हजार बढि, संक्रमित १६ लाख

पोखरा, २८ चैत / विश्वमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९५ हजार ७ सय ३५ पुगको छ । विश्वभर संक्रमितको संख्या १६ लाख ४ हजार ७ सय १८ पुगेकोे छ । संक्रमित मध्ये ३ लाख ५६ हजार ६ सय ६० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा एकैदिन १९ सयको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ६ सय ९७ पुगेको छ । त्यहाँ हिजो ३३ हजार ५ सय ३६ नयाँ संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या सबैभन्दा धेरै ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ । अमेरिका पछि स्पेनमा १ लाख ५३ हजार २ सय २२ संक्रमित छन् भने मृत्यु हुनेको सख्या १५ हजार ४ सय ४७ पुगेको छ ।

यस्तै फ्रान्समा मृत्यु हुनेको संख्या १२ हजार २ सय १० पुगेको छ भने संक्रमित हुनेको संख्या १ लाख १७ हजार ७४९ पुगेको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार नाघेको छ ।

यता छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या २ सय २७ जना पुगेको छ भने संक्रमित संख्या ६ हजार ७ सय २५ पुगेको छ ।

कमेन्टहरु
Loading...