सिरी ए : रोनाल्डोको निर्णायक गोलमा टोरिनोमाथि युभेन्टसको जित, अपराजित यात्रा कायमै !

काठमाडौं, पुस १
इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्टसले अर्को जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्टसले सिजनको पहिलो टुरिन डर्बीमा टोरिनोलाई १–० हरायो ।

यो जितसँगै युभेन्टसले यो सिजनको अपराजित यात्रालाई कायमै राखेको छ । युभेन्टसले यो सिजन लिरमा एक खेल पनि हारेको छैन ।

टोरिनोको घरमा भएको खेलमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डो नायक बने । उनले पेनाल्टीबाट गरेको १ मात्रै गोल जितका लागि पर्याप्त बन्यो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ७०औं मिनेटमा युभेन्टसले पेनाल्टी पायो । जसमा रोनाल्डोले कुनै गल्ती नगरी गोल गरे ।

त्यसपछि घरेलु टोली खेलमा फर्किन नसकेपछि युभेन्टसले खेल १–० ले जित्यो । यो जितपछि युभेन्टसले १६ खेलबाट कूल ४६ अंक जोडेको हो । उसले अब दोस्रो स्थानको नापोलीसँग ११ अंकको स्पष्ट अग्रता बनाएको छ ।

कमेन्टहरु
Loading...