अतृप्त रहू, अज्ञानी रहू (स्तिभ जब्सका तिन कथा)

–स्टिभ जब्स
आज म तपाईँहरुलाई मेरो जीवनका तीन वटा कथा सुनाउन चाहन्छु । पहिलो कथा जीवनका विभिन्न विराम वा विश्राम(डट्स) सित जोडिएको छ । पहिलो ६ महिना पुरा नहुदै मैले रिड कलेजको अध्ययन छाडेँ । पूर्णरुपमा कक्षा छोड्नुअघि १८ महिनासम्म त्यस कलेजमा मेरो आवजजावत कायमै थियो । अब प्रश्न उठ्छ,मैले किन अध्ययन छाडेँ ?

यसको थालनी म जन्मनुअघि नै भइसकेको थियो । मेरी आमा अविवाहित हुँदै मलाई जन्माउनु भयो । उहाँ कलेजमा स्नातक तह अध्ययनरत युवती हुनुहुन्थ्यो । मलाई कुनै स्नातक दम्पतीले धर्मपुत्र बनाउन् भन्ने उहाँको इच्छा थियो । म जन्मेपछि एक वकिल र उहाँकी धर्मपत्नीले ग्रहण गर्नुहुन्छ भन्ने सहमति भइसकेको थियो । पछि ती वकिलले बच्चीलाई मात्र धर्म सन्तान बनाउने निधो गर्नुभयो । त्यसैले मेरो प्रतीक्षारत् भावी आमाबुवाले एउटा सन्देश प्राप्त गर्नुभयो,‘ हामीले एउटी बच्चा फेला पा¥यौँ, तपाईँले उसलाई स्वीकार्ने हो ?’ उनीहरुले भने,‘ भइहाल्छ नि !’

मलाई जन्मदिने आमाले पछि थाहा पाउनुभयो,मेरो भावी आमाले कुनै कलेज उत्तीर्ण गरेकी छैनन् । मेरो हुनेवाला बुवाले पनि कुनै माध्यमिक स्कूल पूरा गरेका छैनन् । त्यस कारण उहाँले धर्मपुत्र लिनदिन तयार पारिएका कागजमा हस्ताक्षर गर्न लामो समय अस्वीकार गर्नुभयो । तर, मेरो हुनेवाला बुवाले मलाई कलेजसम्मको शिक्षा दिलाउन कसम नै खाएपछि बल्ल उहाँले कागजातमा हस्ताक्षर गर्नुभएछ ।

स्टिभ जब्स तस्विर ः गुगलबाट
स्टिभ जब्स तस्विर ः गुगलबाट

१७ वर्षपछि म कलेज पुगेँ । म जीवनमा के गर्न चाहन्छु भन्ने मलाई थाहा थिएन,जस्तो कि धरै कलेज पुगेका विद्यार्थीहरुलाई यो कुरा थाहा हुँदैन । मेरो कलेजले मेरो भविष्य बनाउन कसरी सघाउँछ भन्ने बुझेको थिइन । त्यहाँ मेरा आमाबुवाले आफ्नो जीवनमा आर्जन गरेको सम्पत्ति उडाउँदै थिएँ । त्यसैले मैले आफ्नो बाटो आफै बनाउने निश्चयका साथ अध्ययन छाड्ने निर्णय लिएँ । त्यो बेला निकै भययुक्त निर्णय थियो त्यो । तर, फर्केर हेर्दा मैले लिएका सबैभन्दा राम्रा निर्णयमध्ये त्यो एउटा महत्वपूर्ण थियो । जुन क्षण मैले अध्ययन छाडेँ,मैले जानु पर्ने तर मन नपर्ने कक्षाहरुलाई मैले तत्काल छाड्न पाएँ । र,जुन कक्षा मन पथ्र्यो, त्यसमा जान थालेँ ।

आफ्ना जिज्ञासा र अन्तरअनुभूतिको अनुसरणबाट जुन व्यवधानको अनुभव मैले गरेको थिएँ ,पछि त्यो मेरो लागि अमूल्य सिद्ध भयो । एउटा उदाहरण तपाईँ माझ राख्छु–रिड कलेजले सायद त्यतिबेला मयपो मुलुकको सबैभन्दा राम्रो लेखन( क्यालिग्राफी) सिकाउने गरेको थियो । क्याम्पसभरि हरेक पोष्टर, आल्मारीका हरेक ड्रअरका लेवलहरुलई राम्रा अक्षरले लेखिएको हुन्थ्यो । मैले कक्षा छाडिसकेपछि सामान्य कक्षामा जानुपर्ने आवश्यकता मलाई भएन । क्लालिग्राफी कक्षामा जाने निधो गरेँ र त्यसबाट मैले टाइपका अक्षर माथि र तल रहेका रेखाहरुकाबारे सिँके । साथै, क्लालिग्राफीलाई सुन्दर बनाउने विभिन्न अक्षर समूहबीचका दूरीहरुको विषयमा पनि गहिरो गरी बुझेँ । विज्ञानले यसलाई ठम्याउन नसक्ने गरी यो सुन्दर, ऐतिहासिक र कलात्मक थियो, यस कारण मैले मनमोहक पाएँ ।

मेरो जीवनमा यी क्लालिग्राफीका अक्षरहरु प्रयोग हुन सक्छन भन्ने कसैले आशा गरेका थिएनन्, न त मैले पनि । तर, १० वर्षपछि जब मैले म्याकिन्टोस कम्प्यूटरको आकार निर्धारण गर्दै थिएँ, यी सबै सिकेका कुराहरु ममा फर्किए र यी सबैलाई मैले म्याकिन्टोसमा राखेँ । सुन्दर अक्षरयुक्त यो पहिलो कम्यूटर भयो । मैले कलेजको त्यो एकल पाठ्यक्रम अध्ययन नगरेको भए म्याकिन्टोस कहिल्यै बहुआयामी टाइपका आकारयुक्त र समानुपातिक खाली स्थानयुक्त फन्ट( अक्षरको किसिम ) हुने थिएन ।
साँच्चै, यी असम्बन्धित विश्रामहरु ( डट्स ) बीच तारतम्य देखिनु कलेज जीवनमा असम्भव थियो तर केही समयपछि फर्केर हेर्दा ती सबै स्पष्ट हुन जान्छन् ।

फेरि भविष्यबाट आउने घटना इंगित विश्रामहरुबीचको तारतम्य तपाईँ फर्केर हेर्दा मात्र अनुभूति गर्न सक्नुहुन्छ । त्यसैले तपाईँले यसमा विश्वास गर्नुपर्छ, विश्रामहरु भविष्यमा कुनै न कुनै किसिमले सम्बन्धित हुन सक्छन् । तपाईँले कुनै न कुनैमा क्षमता,भाग्य, जीवन,कर्म या यिनलाई अर्को जेसुकै नामले चिन्नुहोस, विश्वास गर्नुपर्छ । यो दृष्टिकोणले मलाई कहिल्यै पनि पछाडि छोडेन, तल खसालेन र यसले मेरो जीवनमा सबैखाले परिवर्तन ल्यायो ।
मेरो दोस्रो कथा मेरो प्रेम र हानी नोक्सानीका बारेमा छ ।
म भाग्यमानी थिएँ– जीवनको सुरुमा जे गर्नुमा मलाई प्रेम थियो, त्यो मैले पाएँ । बज( एप्पलका अर्का संस्थापक ) र मैले एप्पल ( कम्यूटर)को सुरुवात आफ्नो आमाबुवाको ग्यारेजबाट सुरु ग¥यौँ । त्यतिबेला म २० वर्षको मात्र थिएँ । हामीले कडा परिश्रम ग¥यौँ र १० वर्षमा हामीले ग्यारेजबाट सुरु गरेको एप्पल २ सय करोड डलरको कम्पनीमा परिणत भयो, जहाँ ४ हजार कर्मचारी कार्यरत छन् । जब म ३० वर्षको भएँ,त्यसको एक वर्ष अगाडि हामीले अर्को सुन्दर कम्प्यूटर म्याकिन्टोस सार्वजनिक ग¥यौँ र जुन कम्पनी मैले सुरु गरेको थिएँ, त्यो कम्पनीबाट म निकालिएँ ।

एप्पलको विकास भएपछि हामीले एक जनालाई तीव्र वुद्धि भएको ठाने यसले ( स्कलीले ) मेरो साथमा यस कम्पनीलाई राम्ररी चलाउन सक्छ भनेर नियुक्ति ग¥यौँ । करिब एक वर्षसम्म राम्ररी काम भयो तर हाम्रो भविष्यप्रतिको दृष्टिकोण फरक पर्न थाल्यो र संयोगवश हामीबीच विवाद पर्न थाल्यो । हाम्रा बोर्डका निर्देशकहरुले उसलाई साथ दिए । अन्ततः ३० वर्र्षको उमेरमा म आफैले स्थापना गरेको कम्पनीबाट बाहिरिएँ । र, पुरै सार्वजनिक रुपमा बाहिरिएँ । युवा हुञ्जेल यसो गरुँला भनेर सोचिएका कतिपय कुराहरु मनबाट खोसिएको अवस्था थियो त्यो र यो मेरो लागि जीवनकै सबैभन्दा नारकीय अवस्था थियो ।

केही महिनासम्म अक के गर्ने होला भन्ने सोच्नै सकिन । म एउटा पूर्ण सार्वजनिक असफल व्यक्ति भएँ र यसबाट भाग्नेबारे सोचेको थिएँ । तर, बिस्तारै मेरो दिमागमा केही फुर्न थाल्यो । मैले जे गरेको थिएँ, त्यो मलाई मन पथ्र्यो । मलाई बाहिर फालिएको थियो तर त्योसित मलाई प्रेम थियो । र, मैले फेरि त्यसको थालनी गरेँ । त्यसबेला मैले यो सोच्न सकेको थिइनँ, एप्पलबाट मेरो निश्काशन मेरा लागि सबैभन्दा राम्रो कुरा थियो । जुन पछि त्यो राम्रो रुपमा परिणत हुन्छ भन्ने मलाई लागेको थिएन । मेरो सफलताको गम्भीरताले एउटा सिकारुको हलुकोपनले बिस्थापित गर्दै लाई प्रत्येक पक्षमा पूर्ण विश्वासी हुन नसक्ने व्यक्ति बनायो ( अर्थात् मैले मेरो आत्मविश्वास गुमाएँ ।) । यसले मलाई मेरो जीवनको सबैभन्दा क्रियाशील अवस्थामा पुग्ने बनायो ।

अर्को पाँच वर्षमा मैले नेक्ट भन्ने कम्पनी सुरुवात गरेँ । पिक्सार नामक अर्को कम्पनीमा रहँदा एउटी आकर्षक महिलासँग प्रेममा परेँ , जो पछि मेरी श्रीमती बन्न पुगिन् । पिक्सारले कम्यूटरद्धारा निर्मित विश्वको प्रथम एनिमेड फिचर फिल्मको थालनी ग¥यो । बालबालिकाले खेल्ने खेलौनाको कथा बताउँदै यो कम्पनी विश्वको सबैभन्दा सफल एनिमेसन स्टुडियोको रुपमा स्थापित भयो । घटनाको स्पष्ट परिवर्तनको रुपमा एप्पलले नेक्ट कम्पनी किन्यो र म एप्पल कम्पनीमा फर्केँ । नेक्टमा जुन प्रविधी हामीले विकास गरेका थियौँ, आज त्यो एप्पलको पुनर्जागरणको मुटुको रुपमा स्थापित भएको छ ।

मेरी श्रीमती लरेन र म एउटा अद्भूत परिवारमा छौँ । मेरो दृढ विश्वास छ, एप्पलबाट बहिर्गमन नभएको भए ममा यी घटनाहरु यस रुपमा हुने थिएनन् । कहिलेकाँही जीवनले तपाईँको टाउकोमा इँटाले हान्छ, त्यतिबेला आफूमाथिको विश्वास नगुमाउनुहोस् । म यसमा विश्वस्त छु, मलाई जीवनमा एउटा कुराले गति प्रदान ग¥यो र त्यो हो, मेरो कामप्रतिको प्रेम । तपाईँले पनि खोज्नुपर्छ, तपाईँको प्रेम केमा छ ? यो तपाईँको लागि पनि उत्तिकै सत्य हो , जति सत्य तपाईँको प्रेमीको लागि हो ।

तपाईँको कामले तपाईँको जीवनको एउटा ठूलो अंशलाई पूरा गरेको हुन्छ र साँचो रुपले सन्तुष्ट हुने बाटो बन्छ । त्यो काम जसलाई तपाईँ ठूलो ठान्नुहुन्छ, सबैभन्दा ठूलो कामको बाटो आफूले गरेको कामप्रति प्रेम गर्नु पनि हो । अलिहेसम्म तपाईँले यो पाउनुभएको छैन भने खोजीमा लागिरहनुस् र शान्त भएर नबस्नुहोस् । हृदयका सबै कुराहरुजस्तै त्यो प्राप्त भएपछि तपाईँलाई थाहा हुन्छ र कुनै ठूलो सम्बन्धजस्तै यो पनि उत्तिकै राम्रो र अति राम्रो समय बित्ने क्रममा जान्छ । अत ः जबसम्म त्यसको प्राप्ति हुँदैन, तबसम्म प्रतीक्षामा बस्नुहोस तर स्थिर भएर नबस्नुहोस् ।

मेरो तेस्रो कथा मृत्युको सम्बन्धमा छ ।

जब म १७ वर्षको थिएँ , मैले एउटा उद्धरण पढेको थिएँ, जुन झण्डै यस प्रकारको थियो । ‘तपाईँले प्रत्येक दिनलाई आफ्नो जीवनको अन्तिम दिनजस्तो गरेर बिताउनुभयो भने एक दिन तपाईँ निश्चित रुपमा सही हुनुहुन्छ । ’ यसको प्रभाव ममाथि प¥यो । ममा ३३ वर्षदेखि यसको प्रभाव छ । मैले प्रत्येक दिन बिहान आफूलाई ऐनमा हेर्दै आफुसँग सोध्दै आएको छु,‘आजको दिन मेरो जीवनको अन्तिम दिन हो भने मैले जुन काम आजा गर्न खोजेको छु, त्यो नै गर्छु ।’ र, त्यही गर्न खोजिरहेको छु कि छैन भन्ने प्रश्न जबसम्म रहिरहन्छ , त्यो बेला मलाई थाहा हुन्छ–केही परिवर्तनको आवश्यकता छ ।

करिब १ वर्ष अगाडि मलाई क्यान्सर भएको प्रुष्टी भयो । मेरो स्क्यानिङ बिहान सात बजे भयो र यसले मेरो प्याङिक्रmयाजमा मासु बढिरहेको छ भन्ने प्रष्ट देखायो । डाक्टरले मलाई भने–यो एक खास किसिमको क्यान्सर हो र यो निको हुँदैन ।र, तीन देखि ६ महिनाभन्दा बढी समय सम्म बाँच्ने आशा तपाईँले नराख्नुहोस् ।’ती डाक्टरको ठम्याइसँगै म दिनभर बसेँ । तेस्रो दिन अबेर साँझपख मेरो मासुको जाँच( बायोस्पी) गरियो । यसबाट के थाहा भयो भने,यो एक खास किसिमको प्याङ्क्रियाजको क्यान्सर हो, जो शल्य चिकित्साबाट निको हुनसक्छ । मेरो शल्यक्रिया भयो र आज पनि म स्वस्थ छु ।

मैले मृत्युलाई निकटताका साथ सामना गरेको थिएँ र म आशा गर्छु यो निकटता मेरो जीवनका आउँदा केही दशकहरुसम्म पनि रहिरहने छ । यस्तो अवस्थामा बाँचेपछि म तपाईँलाई निश्चित रुपमा के भन्नसक्छु भने मृत्यु उपयोगी थियो र एकदम बौद्धिक विचारकको रुपमा । कुनै पनि व्यक्ति मर्न चाहँदैन । जसले मरेर स्वर्ग पुगिन्छ भन्ने अर्ती दिन्छन्, उनीहरु पनि मर्न चाहँदैनन् । तर पनि मृत्यु सबैको साझा गन्तव्य हो । कसैले पनि यसलाई छल्न पाएको छैन र यो उसै रुपमा छ, जुन रुपमा हुनुपर्छ । सम्भाव्य मृत्यु जीवनको सम्भवतः एकमात्र सबैभन्दा राम्रो आविश्कार हो । यो जीवन परिवर्तनको कारकतत्व पनि हो । यसले पुरानोलाई हटाएर वा सफा गरेर नयाँ बाटो प्रशस्त गर्छ । अहिले तपाईँ नयाँ हुनुहुन्छ र कुनै दिन तपाईँ पुरानो हुनुहुन्छ ।

तपाईँको समय सिमित छ । तसर्थ, अर्काको जीवनमा बाँचेर व्यर्थमा नघुम्नुहोस्, कुतर्कमा नफस्नुहोस् । कुतर्क अरुको सोचको परिणाम हो । आफ्नो भित्रको आवाजलाई अर्काको कुतर्कको होहल्लामा नडुबाउनुहोस् । मुख्य रुप्मा आफ्नो हृदय र अन्तरआत्मालाई पाना गर्ने साहस राख्नुहोस् । र मुख्य कुरा ,आफ्नो अन्तरआत्मा र हृदयलाई पालना गर्ने साहस जुटाउनुहोस् । यी दुबैलाई पहिलेबाट नै थाहा छ , तपाईँ सत्य रुपमा के बन्न चाहुनुहुन्छ । अन्य बस्तु गौण छन् । जब म युवा थिएँ, त्यतिबेला द होल अर्थ क्याटलग नामक आकर्षक पुस्तक थियो ।

स्टेवार्ड ब्रेन नामक व्यक्तिको रचनाले यसलाई अमरत्व प्रदान गरेको थियो । यो ३५ वर्षपछि आएको गुगलजस्तो सिर्जना थियो तर पुस्तकको रुपमा । यो पुस्तकको अन्तिममा थियो– कुनै गाउँको बिहानी सडकको फोटो र त्यो फोटोको मुन्तिर लेखिएको थियो– स्टे हङ्ग्री, स्टे फुलिस् …. अर्थात अतृप्त रहनुहोस्, अज्ञानी रहनुहोस् । त्यसले मलाई ठूलो प्रभाव पारेको छ । म पनि आफ्नो लागि त्यही कामना गर्छु, अतृप्त बस्छु भलै अज्ञानी ठानियूँ । र , अब जब तपाईहरु स्नातक भइसकेपछि नया जीवन सुरु गर्नुहुन्छ, म तपाईँहरुको लागि पनि म त्यही चाहन्छु– अतृप्त रहनुहोस्, अज्ञानी ठानिनुस् !

(एप्पल कम्पनीका जन्मदाता स्टिभ जब्सले अमेरिकाको प्रसिद्ध स्ट्यानफोर्ड विश्वविद्यालयको दीक्षान्त समारोहमा सन् २००५ जुन ५ तारिखका दिन नवस्नातकहरु समक्ष दिएकोे बहुचर्चित भाषण ।)

कमेन्टहरु
Loading...