CAN

चीनको छङछिङ र नेपालका युवा उद्यमीबीच सहकार्य गर्ने सम्झौता

52

पोखरा, ९ असार /नेपाल युवा उद्यमी मञ्च र चीनको छङछिङ योङ इन्टरप्रेनर एशोसिएसनबीच आपसी सहकार्य गर्ने सम्झौता (एमओयु)मा हस्ताक्षर भएको छ । मञ्चका अध्यक्ष मंगेशलाल श्रेष्ठ नेतृत्वमा १० दिने चीन भ्रमण गएको टोलीले हालै उक्त सम्झौता गरेको हो ।

सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्ने, नेटवर्क बिस्तार गर्ने, उद्यमशीलताका अनुभव आदानप्रदान गर्ने लगायतका बुँदा एमओयुमा समेटिएको भ्रमण टोलीका सदस्य एवं मञ्चका केन्द्रीय सदस्य प्रकाशदेव पालिखेले जानकारी दिए । ‘दुई देशबीचको व्यापार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने सम्झौता भएको छ,’ पालिखेले भने, ‘युवा उद्यमी मञ्चका लागि यो सम्झौता निकै महत्वपूर्ण छ ।’

चीनको छङछिङ र नेपालका युवा उद्यमीबीच सहकार्य गर्ने सम्झौता
चीनको छङछिङ र नेपालका युवा उद्यमीबीच सहकार्य गर्ने सम्झौता

जुन १२ देखि १७ सम्म चीनको कुन्मिङमा भएको ‘चौथो चाइना साउथ एसिया एक्स्पो’ र ‘चौविसौं चाइना कुन्मिङ इम्पोर्ट एण्ड एक्स्पर्ट फेयर’को पनि टोलीले अवलोकन गरेको छ । दक्षिण एसियाली राष्ट्रहरुलाई लक्षित गरी चीनले आयोजना गरेको उक्त फेयरबाट औद्योगिक क्षेत्रमा भएका प्रगतिको ’boutमा धेरै ज्ञान प्राप्त भएको भ्रमण टोलीका सदस्य एवं मञ्च कास्की शाखाका प्रोग्राम चेयर सन्तोष घिमिरेले बताए ।

फेयरमा नेपाली उत्पादनका मात्र करिब २ सय वटा स्टल राखिएको घिमिरेले जानकारी दिए । सोही अवसरमा कुन्मिङका युवा उद्यमीहरुसँग छलफल तथा अन्तरक्रियामा सहभागी भएको घिमिरेले जानकारी दिए । १० दिने भ्रमणका क्रममा चाइना साउथ एसिया बिजनेस फोरम लगायत कुन्मिङ, छङछिङका विभिन्न कार्यक्रममा मञ्चको टोली सहभागी भएको थियो । टोलीले चीनका विभिन्न उद्योगहरुको अवलोकन गरेको छ ।

उक्त अवसरमा छङछिङ अटोमोबाइल्स कम्पनी, बायो साइन्स तेन्जिङ डाइग्नोसिस कम्पनी, उडन हाउस फ्याक्ट्री लगायतको अवलोकन गरिएको घिमिरले जानकारी दिए । यसैबीच, १० दिने चीन भ्रमणका क्रममा पोखराको पर्यटन प्रवद्र्धन गरिएको युवा उद्यमी मञ्च कास्कीका निवर्तमान अध्यक्षसमेत रहेका पालिखेले जानकारी दिए ।