मन्त्रीले अब पार्टीका कार्यक्रममा सरकारी गाडी लान नपाउने

काठमाडौं,  २३चैत/मन्त्रीहरुले पार्टीका कार्यक्रममा सहभागी हुँदा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् । निर्वाचन आयोगको बुधबार​ बसेको बैठकले निर्वाचन आचारसंहिता पालना गर्न भन्दै मन्त्रीहरुले राजनीतिक दलले आयोजना गर्ने कार्यक्रममा सहभागी हुँदा सरकारी गाडीको प्रयोग गर्न नपाइने नीतिगत निर्णय गरेको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

यसअघि आयोगले मन्त्रीलाई जिल्ला सदरमुकाम सम्म मात्र जान पाउने व्यवस्था गरेकामा अहिले केही खुकुलो र सहज गराएको पनि आयोगले जनाएको छ । यस्तै चुनावमा भाग लिने उम्मेदवारले वैशाख १६ गते उम्मेदारी दिने र वैशाख १९ गते चुनाव चिन्ह पाउने भन्दै त्यसपछि मन्त्रीहरुले कुनै पनि कार्यक्रममा भाग लिन नपाउने आयोगले जनाएको छ ।आयोगको बैठकले आचारसंहिता पालना सम्बन्धी नीतिगत निर्णयलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।

कमेन्टहरु
Loading...