मनास्लु र धौलागिरी आरोहणको अवसरमा सरसफाई

पोखरा, २६ वैशाख/टे«किङ्ग एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराले बार्षिक कार्यक्रम अन्तर्गत रहेका मनास्लु हिमाल आरोहण दिबस र धौलागिरी आरोहण दिवशहरुको अवसरमा फेवाताल किनारामा सरसफाइ गरेका छ ।

मनास्लु ९ मे, र धौलागिरी १३ मे मा दिवस मनाउने गरे पनि स्थानीय तहको निर्वाचनका लागि गर्दा सरसफाइ गरेर गरेको हो । टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रबर्धनमा फेवाताल किनार पदमार्ग सरसफाई कार्यक्रम सम्पन्न भएको हो । चौतारा देखि शुरु गरि बाराहि घाट सम्मको फेबाताल पदमार्ग क्षेत्र सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा संघमा आबद्ध सदस्य कम्पनीहरु, बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुको सकृय सहभागिता रहेको थियो । उक्त कार्यक्रमहरुमा संकलित फोहोर उठाउनको लागी पोखरा लेखनाथ महानगरपालिकाले २ बटा फोहोर उठाउने गाढी उपलब्ध गराई सहयोग गरेको थियो ।

कमेन्टहरु
Loading...