कास्कीका चारवटै गाउँ पालिकामा कार्यकारी अधिकृत तोकिए

पोखरा, ४ चैत /सरकारले देशभरका ४ सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहीबार अधिकृतहरुलाई काजमा गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृत खटाएको हो।

खटाएका अधिकृतहरूलाई मन्त्रालयले कुनै ढिलो नगरी खटाएको ठाउँमा हाजिर हुन सबैलाई निर्देशनसमेत दिएको छ । निर्वाचन आयोगले दिएको समयसीमा भित्रै गाउँपालिकामा प्रमुख पठाएको हो। सरकारले गाउँपालिकामा अधिकृत र नगरपालिकामा उपसचिवलाई नेतृत्व दिने निर्णय गरिसकेको छ।

कास्कीको रुपा गाउँपालिकामा भेषराज आर्चाय, मादी गाउँपालिकामा नारायण प्रसाद अधिकारी, माछापुच्छे गाउँपालिकामा किरण प्रसाद कोइराला र अन्नपुर्ण गाउँपालिकामा खेमराज देवकोटालाई कार्यकारी अधिकृतमा सरकारले खटाएको छ ।

कमेन्टहरु
Loading...