पोखरामा स्कुटरको ठक्करले म्यादी प्रहरी घाईते

पोखरा, २७ वैशाख /पोखरा लेखनाथ महानगरपालीका ७ राष्ट्रबैंक चोकमा ग ११ प ९५२ नम्बरको स्कुटरले ठक्कर दिदा म्यादि प्रहरी घाईते भएका छन् ।

जिल्ला दाङ हल्वार १ घर भई राम प्रावि सिमलचौर पोखरामा सुरक्षार्थ खटिएका ४१ वर्षिय शम्भु कुमाल म्यादि प्रहरी घाइते भएका हुन् ।

उनलाई मेट्रोसिटी अस्पताल पोखरामा उपचार भएको छ । ठक्कर दिने स्कुट तथा स्कुटी चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...