पोखरामा चुनावीस्थल नजिकै बम विस्पोट

पोखरा, १२ मंसिर / पोखरामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ ।

बुधबार पोखरा महानगरपालिका ९ स्थित प्रदर्शन केन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट पार्किङमा रहेको ग१ख ८८९१ नम्बरको बसका सिसा फुटेको प्रहरीले जानकारी दिएको छ । विस्फोटमा कुनै मानवीय क्षति भएको छैन ।

अहिले घटनास्थलमा प्रहरी र शसस्त्रप्रहरीले घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको छ । विप्लव समूहले बम विस्फोट गराएको हुन सक्ने प्रहरीले जानकारी दिएको छ ।

प्रदर्शनी केन्द्रमा आयोजित चुनावी सभामा नेकपा अध्यक्ष पुष्पकोमल दाहाल, उपाध्यक्ष वामदेव गौतम, सुवाचन्द्र नेम्वाङ लगायतले सभालाई सम्बोधन गरिरहेका छन् ।

कमेन्टहरु
Loading...