पर्यटनलाई प्राथमिकतामा राखेर बजेट बनाउछौं- मन्त्री गुरुङ

पोखरा, ८ जेठ /गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले बुधबार पर्यटन व्यवसायी सगँ आगामी बजेटका बारेमा छलफल गरेका छन् ।

टे«किङ एजेन्सिज एशोसिएसन क्षेत्रिय कार्यालय पोखराका सल्लाहाकार र पदाधीकारी सगँ आगामी बजेटमा पर्यटन विकासका लागि प्रस्तावित कार्यक्रमका सम्बन्धमा छलफल गर्दै उनले पर्यटन क्षेत्रलाई प्रथामिकतामा पार्ने बताए ।

मन्त्री गुरुङले पर्यटन क्षेत्रमा प्रत्यक्ष रुपमा थोरै देखिए पनि अप्रत्यक्षरुपमा जोडिने पूर्वाधार विकासमा बजेट अघिल्ला वर्षहरुमा पर्ने गरेको बताए । उनले कोरोना महामारीबाट सङ्कटमा परेको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि पर्यटनलाई विशेष जोड दिइने बताए । उनले कोरोनाका कारण अघिल्लो वर्षमा भन्दा बजेट आकार घट्ने बताए ।

उनले लकडाउनका कारण आर्थिक चलायमान नहुँदा आर्थिक संकट बढ्दै जाने बताए । टान पोखराका अध्यक्ष हरि भुजेलले गण्डकी प्रदेशको पर्यटनको प्रमुख आधार नै पदयात्रा र हिमाल आरोहण भएकाले यस क्षेत्रको विकासमा प्रदेश सरकारबाटै विशेष कार्यक्रम ल्याउन सुझाब दिए ।

पदयात्रा र पर्वतारोहणबाट नेपालको पर्यटन शुरु भएको स्मरण गर्दै यस क्षेत्रको विकास र विस्तारमा प्रदेश सरकारले विशेष चासो दिनुपर्ने बताए । पर्यटन वर्ष घोषणा भएपछि धेरै लगानी पर्यटन क्षेत्रमा भएको तर सङ्कटको अवस्थामा त्यसको संरक्षणका बारेमा सम्बोधन हुन नसकेको उनको भनाई थियो ।

छलफलम सहभागीहरुले गण्डकी प्रदेशमा आठ हजारभन्दा अग्ला तीनवटा हिमाल भएको जानकारी दिँदै सगरमाथा चढ्नुअघि मर्दी टेन पिक अनिर्वाय चढ्नुपर्ने बाध्यकारी नियम बनाउन सके यस क्षेत्रको पर्यटन गतिविधि बढ्ने बताए ।

कार्यक्रमा संघका पुर्व अध्यक्ष सोम थापा, प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सहसचिव उदय सुवेदी, कोषाध्यक्ष कृष्ण आचार्य लगाएतले सन् २०२१ लाई पूर्वाधार विकासको वर्ष घोषणा गर्नुपर्नेमा माग राखे ।

कमेन्टहरु
Loading...