सेन्चुरी पर्यटन समितिका सहयोगि संघ सस्ंथालाई सम्मान

पोखरा, १८ जेठ/अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत तेस्रो वा अन्तिम चरणको दास्रो दिन महोत्वसका सहयोगी संघसंस्थाहरुलाई सम्मान गरिएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार निर्माण गरी पर्यटन प्रवद्र्धन गर्न अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आयोजित कायक्रममा महोत्सवका सहयोगी संघसंस्थाहरुलाई सम्मान गर्दै राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले अन्नपूर्ण पदयात्रा मार्गको विकास विस्तारका लागि नयाँ ढंगले अघि बढ्न लागिएको जानकारी दिए । उनले अन्नपूर्ण पदयात्रा मार्ग निर्माण गरिएको मोटरबाटोका कारण पदयात्रा मार्गको विकल्प खोज्नुपर्ने आवश्यकता देखिएको बताए । उनले सबै मौसमा पर्यटन भन्ने अवधारणा विस्तार साकार र सफल बनाउनुपर्ने खाँचो औल्याए ।

कार्यक्रमा महोत्सवमा आर्थिक तथा भौतिक सहयोग गर्ने विभिन्न होटल व्यवसायी, महोत्सवका प्रवद्र्धक एवं अन्य सहयोगी व्यक्ति तथा प्रतिष्ठानलाई सम्मान गरिएको थियो । टान पश्चिमाञ्चल क्षेत्रीय समितिका अध्यक्ष दिपकराज अधिकारले पदयात्रा मार्गमा खोलिएको मोटरबाटोको विकल्पमा नयाँ पदयात्रा मार्गको खोजी गर्न टानले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङको सभापतित्वमा भएको कार्यक्रममा सहसंयोजक क्षेत्रबहादुर गुरुङ, महासचिव दिलीप गुरुङ लगायतका वक्ताहरुले महोत्सवका विविध गतिविधिबारे चर्चा गरेका थिए ।

त्यसैगरी महोत्सवमा सञ्चालित खेलकूद अन्तर्गतका कार्यक्रमहरु महिला भलिवल÷बास्केटबल, पुरुष बास्केट बल÷भलिवल सञ्चालन भैरहेका छन् ।अन्नपूर्ण आधारशिविरको पूर्वाधार विकास गरी पर्यटन प्रवद्र्धन गर्न गत असोज २५ गते अन्नपूर्ण आधारशिविरमा प्रथम चरणको कार्यक्रम सम्पन्न गरिएको थियो भने दोस्रो चरण अन्तर्गत गत पुस १० देखि १५ गतेसम्म तमु ल्होसार विशेष कार्यक्रमसहित छोम्रोङमा सम्पन्न भएको थियो ।
महोत्सवको तेस्रो चरण अन्नपूर्ण म्याराथन सहित जेठ २० गते सम्पन्न हुनेछ । जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट बिहान ६ः३० बजेबाट म्याराथन सुरु भई घान्द्रुक आएर समापन हुनेछ ।

कमेन्टहरु
Loading...