इण्डोनेसियामा हुने प्याराग्लाईडीङको प्रि–वल्र्ड कपमा नेपालबाट १० जना सहभागि हुने

पोखरा २३, साउन/इण्डोनेसियामा यही १३ अगस्ट देखि २० अगष्टसम्म अर्थात साउन २९ देखि भदौ ४ गतेसम्म संचालन हुन लागेको प्याराग्लाईडीङको प्रि–वल्र्ड कपमा १० जना नेपाली प्याराग्लाईडीङ पाईलटहरु सहभागि हुने भएका छन् ।

इण्डोनेसियामा हुने प्याराग्लाईडीङको प्रि–वल्र्ड कपमा नेपालबाट १० जना सहभागि हुने
इण्डोनेसियामा हुने प्याराग्लाईडीङको प्रि–वल्र्ड कपमा नेपालबाट १० जना सहभागि हुने

ईण्डोनेसियाको सुलाओसी भन्ने ठाँउमा प्याराग्लाईडिङको पि.डब्लु.सी.सिगि २०१६ प्रि वल्र्ड कपमा सहभागि हुन नेपाली पहिलो प्याराग्लाईडीङ पाईलट राजेश वम्जन, सन २०१३ र ०१४ का नेपाल च्याम्पीयन रविन गुरुङ, २०१५ नेपाल च्याम्पीयन विमल अधिकारी, सन २०१६ का नेपाल च्याम्पीयन विशाल थापा सहितको टोली सोमबार पोखराबाट राजधानि हुदै इण्डोनेसिया प्रस्थान गर्ने भएको हवाई खेलकुद संस्था नाका उपाध्यक्ष सोवित वानियाले बताए ।

प्रतियोगितामा सहभागि हुन शुसिल गुरुङ, सुविन राना मगर, युकेस गुरुङ, देशविर जिम्मी प्रतिष्प्रर्धाको लागि सहभागि हुदैछन भने एक महिला खेलाडी कृशु पौडेल फन्नी फ्लाईमा सहभागि हुदैछन । नेपाली टिमको नेतृत्व पार्यलट रविन गुरुङले गरेका छन भने नेपाली टिमलाई प्रशिक्षण अजय कुमार शर्माले गर्दैछन । शर्मा खुल्ला प्याराग्लाईडीङ प्रतियोगिताका पुर्व विजेता खेलाडी हुने भने भारतमा मात्र उनी ७ पटक च्याम्पीयन वनिसकेका छन ।

नेपाली धेरै खेलाडीहरुको टोली सहित प्रि वल्र्ड कपमा पहिलो पटक सहभागिता जनाउने भएकोले नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्ने भएको रविन गुरुङले दाबी गरे । उनले भने “हामीले दुई बर्षसम्म पोखरामा प्रि वल्र्ड कपमा सहभागिता जनाएको अनुभवछ, त्यसै गरी केहि खेलाडीहरुले यस अघि विभिन्न देशमा पनि प्रि–वल्र्ड कपको अनुभव भएकोले यसपालीको प्रतियोगितामा नेपालको सम्मानजनक स्थान हुने छ । ” उक्त प्रतियोगितामा एसिया सहितका करीब १५ देशको सहभागिता रहने भएको बताईन्छ । खेलाडीहरुलाई नाले दर्ता निशुल्क गराएको छ भने प्रति खेलाडीको करीब २ लाख ५० हजार खर्च हुने भएको रविन गुरुङ बताउछन । खेलाडीको दर्ता शुल्क वापत प्रति खेलाडी १ सय ५० युरो नाले तिर्ने भएको हो ।

कमेन्टहरु
Loading...