प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्लाइडिङ प्रतियोगिता शनिबार देखि

पोखरा १४, फागुन/साहासिक खेलकुदको राजधानि पोखरामा शनिबार देखि प्याराग्लाइडिङ कोे प्रि–वल्र्ड कप तथा खुल्ला नेपाल प्याराग्लाईडीङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना तथा नेपाल पर्यटन वोर्डको प्रवद्र्घनमा भोलि शनिबार देखि पोखरामा उक्त प्रतियोगिता हुने भएको ना का अध्यक्ष योगेश भट्टराईले बताए ।

यही फागुन २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिता अन्र्तगत शनिबार अभ्यास खेल (प्राक्टीस डे) को रुपमा रहेको जुल खेलमा सहभागिहरुको अंक नजोडिने भएको अध्यक्ष भट्टराईले जनाए । उनका अनुसार शनिबार विहान १० बजे पछि सराङकोटमा टाक्सको बारेमा प्राविधिकहरुबाट जानकारी भए पछि प्रतियोगिहरुले पोखराको आकासको बारेमा जानकारी लिने छन । आइृतबार देखि प्रतियोगिहरुको टाक्सको अंक जोडिने भएको छ भने फागुन २२ गतेलाइ रिजर्व डेको रुपमा रहेको अध्यक्ष भट्टराईले बताए । अघिल्ला दिनमा मौसम खरावी भएको अबस्थामा रिजर्व डेलाई अंक जोडिने गरी प्रतियोगिता हुने भएको छ ।

त्यसै गरी भोलि शनिबार वेलुका ५ बजे पछि लेकसाईडको प्याराडाईज रेण्टुरेण्ट अगाडीबाट वाराहीचोक, खहरे हुदै पुन प्याराडाईज रेष्टुरेण्टसम्मको क्षेत्रमा राष्ट्रिय झाण्डा सहित वाजागाजा सहितको विदेशी प्यारल्गाईडीङका पाईलठटहरुको साथमा मार्च पास हुने भएको ना का सचिव एवं प्रि—वल्र्ड कपका संयोजक कृष्ण प्रसाद भण्डारीले बताए ।

नेपाल खुल्ला प्याराग्लाईडीङ प्रतियोगिताको १७ औं संस्करणसम्म निरन्तर रुपमा संचालन हुदै आएकोले अबस्थामा आगामी बर्ष नेपालमा प्याराग्लाईडीङ खेलको विश्व कप हुने तयारी स्वरुप प्रि–वल्र्ड कप आयोजना हुन लागेको भण्डारीले बताए । विसम परिस्थितीका बाबजुत पनि आफुहरुले आयोजना गरेको उक्त प्रतियोगितामा दर्शकको रुपमा सहभागि भएर प्रतियोगिहरुलाई हौसला बढाउन पनि पोखरेलीहरु समक्ष उनले आग्रह गरे ।

पोखराको आकासमा हुने उक्तप्रतियोगितामा नेपाल सहित करीब ३५ राष्ट्रका एक सय ५० प्याराग्लाईडीङका पाईलटहरु सहभागि हुने भएको भण्डारीले बताए । प्रतियोगितामा मित्रराष्ट चिन, भारत रएसियाली मुलुक तथा युरोपेली मुलुकबाट समेत प्याराग्लाईडीङका पाईलटहरु सहभागि हुने भएको भण्डारील ेजनाए । डेढ सय राष्ट्रका २ सय बढी पाईलटहरुबाट उनीहरुको ¥याङकिङ को आधारमा छनौट भएको प्राविधिक संयोजक रविन गुरुङले बताए । उनका अनुसार प्रि–वल्र्ड कपको मान्यता पाउनको लागि न्युनतम तीन दीनको पुरा उडान तथा तीन दिन मौसम खुल्नु पर्ने हुन्छ । रेस्क्युको लागि प्रभु हेलिकोप्टर पोखरामा स्टेन वाई राखिने र थप आवश्यक परेमा काठमाण्डौंको सिम्रक एयरको हेलिकोप्टर प्रयोग गर्न सकिने व्यबस्था मिलाएको प्राविधिक संयोजक गुरुङले बताए । उक्त प्रतियोगितालाई सफल ापर्न रसियन नागरीक मिट डाईरेक्टरको रुपमा इगोर टेरेन्टीप रहेका छन भने वल्र्ड कप कमिटिका प्रतिनिधि फ्रान्सेली नागरीक मार्टियल रहेका छन ।

नेपाल खुल्ला प्यारग्लाईडी प्रतियोगिता सहित ५ वटा ईभेण्टमा प्रतिष्प्रर्धा हुदै छ । खुल्ला तर्फ विजेताले ५० हजार, उपविजेताले ४० हजार, तेश्रो स्थानहासिल गरेको विजेताले ३० हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र वितरण गरीने भएको छ । त्यसै गरी नेपालीहरु बिचको प्रतिष्प्रर्धामा विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रो हुनेले १० हजार र शान्त्वना हुने दुई जनालाई जनहि पाँचपाँचहजार साथमा ट्रफि वितराण हुने भएको हो । महिला र स्पोर्ट क्लासतर्फको विजेतालाइ जनहि ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि वितरण हुने भएको छ भने वेष्ट डेव्यु नेपाली विजेतालाई ट्रफि मेडलको साथमा पुरस्कार वितरण गरीने भएको छ ।

कमेन्टहरु
Loading...