नेपाली क्रिकेट एक दिवसीय क्रिकेटको वरियतामा प्रवेश

पोखरा, १५ माघ /युएईलाई एक दिवसीय सिरिजले हराए सँगै नेपाल आईसीसी वरियता क्रममा प्रवेश भएको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले सोमबार राती सार्वजनिक गरेको वरियतामा नेपालले पहिलो पटक स्थान बनाएको हो ।

नेपाल आईसीसी वरियताको पुछारमा छ । वरियता क्रममा नेपाल १५२ अंकका साथ १५ रेटिङमा छ ।  एक दिवसीय वरियता क्रमको शीर्ष स्थानमा इंग्ल्याण्ड छ । भारत दोस्रो स्थानमा, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

यस्तै, बंगलादेश सातौं, श्रीलंका आठौं, वेष्ट इण्डिज नवौं, अफगानिस्तान १०औं, जिम्बावे ११औं, आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३औं र यूएई १४ औं स्थानमा छन् ।

कमेन्टहरु
Loading...