मनकामना केबलकार पोखरा कपको तयारी तिब्र, विभिन्न उप–समिति गठन

पोखरा, ५ चैत/कास्की जिल्ला फुटवल संघको आयोजनामा यहि २९ देखि पोखरा रंगशालामा शुरु हुन लागेको पोखरा कपको पाँचौ संस्करण मनकामना केबुलकार पोखरा कप अन्र्तराष्ट्रिय फुटवल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । यसैक्रममा संघ कास्कीको शुक्रबार बसेको बैठकले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उप–समितिहरु गठन गरेको छ ।
प्रतियोगिताको संरक्षकमा अखिल नेपाल फुटवल संघका केन्द्रिय उप–महासचिव गणेशबहादुर भट्टराईलाई चयन गरियो भने उप–संरक्षकमा संघका पूर्वाध्यक्ष खेमबहादुर गुरुङ्गलाई चयन गरिएको छ । त्यसैगरि प्रतियोगिता संघका उपाध्यक्षद्वय मिलन गुरुङ्ग र कुमार गुरुङ्गलाई क्रमश ः संयोजक र सह–संयोजकमा चयन गरिएको छ । आर्थिक समितिको संयोजकमा संघका सल्लाहकार सुनिल गुरुङ्ग तथा सह–संयोजकमा शिव गुरुङ्ग र ओम बस्नेत रहेका छन् ।

टिम व्यवस्थापक संयोजकमा धरमबहादुर लामिछाने र मिलन गुरुङ्ग, मैदान व्यवस्थापनमा बसन्त थकाली र हरि खड्का, घरेलु टिम व्यवस्थापनमा हिटलर घले र आइन्दल गुरुङ्ग, प्राथमिक उपचारमा डा. रबिन्द्र श्रेष्ठ र राधा गुरुङ्ग चयन भए ।

त्यसैगरि निर्णायकतर्फ आनन्द रंजित र सन्तोष गुरुङ्ग, प्रचार–प्रसारमा दिपक गोदार र विनोद लामिछाने, पास तथा टिकट व्यवस्थापन समितिमा शिव गुरुङ्ग र सुसिल भट्टचन, पुरस्कार व्यवस्थानमा खेमबहादुर गुरुङ्ग र कुमार गुरुङ्ग, सरसफाई व्यवस्थापनमा मिलन केसी र खुम गुरुङ्ग, कार्यालय सञ्चालनमा रामकृष्ण बाँस्तोला र बुद्धिबहादुर खत्रि क्षेत्री, होटल तथा यातायात व्यवस्थापनमा गोपीबहादुर भट्टराई र हिटलर घले, प्रतियोगिता अनुगमनमा विमल वस्याल र राजकुमार गुरुङ्ग, शान्ति सुरक्षा व्यवस्थापनमा टिका कार्की र कुमार गुरुङ्ग, अतिथि स्वागत सत्कारमा मदन केसी र राजु गुरुङ्ग, मन्च व्यवस्थापन तथा सजावटमा विक्रम थकाली र मिलन केसी, स्वयं सवेक परिचालनमा इश्वर गुरुङ्ग र सुरेश गुरुङ्ग क्रमश संयोजक र सह–संयोजक रहेका छन् ।

कास्की जिल्ला फुटवल संघका अध्यक्ष धरमबहादुर लामिछानेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रतियोगितामा दुई विदेशी टोलि सहित नेपालका चर्चित ए डिभिजन क्लव, विभागिय र आयोजक गरि १२ टिमको सहभागिता रहने बताइएको छ ।

कमेन्टहरु
Loading...