नेपालमा अष्टे«लियन फुटबलको विकासका लागि सहमति

पोखरा, ११ साउन/अष्टे«लियन फुटबल (फुटी) को नेपालमा विकासका लागि दुई पक्षविच पोखरामा सहमति भएको छ । अष्टे«लियामा रहि नेपालमा शिक्षा क्षेत्रमा काम गर्दै आएको अष्ट्रेलियन इन्स्टिच्युट अफ हाइयर एजुकेसन र नेपालस्थित एकमात्रै फुटी क्लव, हिमालयन लियोपार्ड फुटी क्लवबिच एक समारोहका विच सम्झौता भएको हो ।

इन्स्टिच्युटका नेपाल प्रतिनिधी स्टेफन होफम्यान र लियोपार्ड क्लवका अध्यक्ष डिल्ली कोइरालाले एक समारोहका विच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार इन्स्टिच्युटले आगामी कार्तिक महिना सम्म क्लवलाई झण्डै १ लाख बराबरको जर्सी सहयोग गर्नेछ भने क्लवले उक्त जर्सीमा इन्स्टिच्युटको लोगो प्रयोग गर्नेछ । त्यसैगरि यो खेलको विकासका लागि आगामी दिनमा दुवै पक्षले आपसमा सहयोग तथा सहकार्य पनि गर्नेछन् ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै स्टेफनले अष्ट्रेलियाको लोकप्रिय खेल नेपालमा सञ्चालनार्थ सहयोग गर्न पाउँदा खुसि लागेको बताए । कार्यक्रममा बोल्दै लियोपार्ड क्लवका सल्लाहकार समेत रहेका अष्ट्रेलिया–नेपाल अर्गनाइजेशनका अध्यक्ष प्रोफेसर डा. दामोदर प्रसाद पोखरेलले नेपालमा यो खेलको विकासका लागि काठमाण्डौ, पोखरा र उदयपुरमा समितिहरु गठन गरिने बताए । अर्का सल्लाहकार नारायण पहारीले यो खेललाई प्रचार–प्रसार र व्यापक बनाउन स्कुले कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

उनले अष्ट्रेलियामा मात्रै झण्डै एक लाख बढि नेपाली रहेको जानकारी दिंदै अब फुटी खेलले अष्ट्रेलिया र नेपाललाई जोड्न थप मद्धत पु¥याउने औल्याए । क्लवका सल्लाहकार तथा पोखरा होटल संघका निवर्तमान अध्यक्ष भरत पराजुलीले पोखरामा फुटी मार्फत खेलपर्यटनको विकास गर्न सकिने जनाए । क्लवका सचिव रामचन्द्र कोइरालाले कार्यक्रम सञ्चालन गरेका थिए ।

झण्डै ६ महिना अघि नेपाल भित्रिएको यो खेल कास्की जिल्ला खेलकुद विकास समितिमा क्लवका रुपमा दर्ता गरिएको छ । मेवा आकारको यो बल खेल्न हात र खुट्टा दुबैको प्रयोग गर्न सकिन्छ ।

कमेन्टहरु
Loading...