रोनाल्डो चम्किएपछि युभेन्टसले सानदार जित

पाेखरा । इटालियन सिरी ‘ए’मा डिफेन्डिङ च्याम्पियन युभेन्टसले शानदार जित निकालेको छ । आइतबार साझ भएको खेलमा युभेन्टसले स्पेजियामाथि ४–१ गोलको शानदार जित हात पारेकाे हो ।

स्पेजियाको मैदानमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा अल्भारो मोरोटा र एड्रियन राबिओटले समान एक–एक गोल गरे । स्पेजियाका तर्फबाट मासो पोबेगाले एक गोल गरे ।

युभेन्टसले मोरोटाको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको १४औं मिनेटमा मोरोटाले वेस्टन एमसी केनीको पासमा गोल हानेका थिए ।

३२औं मिनेटमा स्पेजियाका टोमासो पोबेगाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए ।

वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका रोनाल्डोले ५९औं मिनेटमा गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए । ५६औं मिनेटमा मैदानमा उत्रिउएका उनले मैदान प्रवेश गरेको तेस्रो मिनेटमा नै मोरोटाको पासमा गोल गरेका थिए ।

खेलको ६७औं मिनेटमा राबिओटले गोल गर्दै युभेन्टसको अग्रता तेब्बर बनाए । उनले फेडेरिको चिसाको पासमा गोल गरेका थिए ।

खेलको ७६औं मिनेटमा युभेन्टसले पेनाल्टीको मौका पाएको थियो । जसमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई ४–१ गोलको शानदार जित दिलाउन सफल भए ।

पोर्चुगिज स्ट्राइकर रोनाल्डो यसै खेलबाट मैदान फर्किएका हुन् । केही समयअघि कोरोना संक्रमण भइ होम आसोलेसनमा रहेका रोनाल्डो तीन सातायता मैदानबाहिर थिए ।

कोरोना देखिएपछि रोनाल्डोले युभेन्टसको ४ खेल गुमाएका थिए । भाइरसमुक्त भएसँगै उनी टोलीमा फर्किएका हुन् ।

जितसँगै युभेन्टस दोस्रो स्थानमा उक्लिएकाे छ । उसले ६ खेलबाट १२ अंक जाेडेकाे छ । पराजित स्पेजिया भने ५ अंकका साथ १६औं स्थानमा रहेको छ ।

कमेन्टहरु
Loading...