बक्सिङ्गमा नेपाललाई ३ काश्य

भारत, २ फागुन/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को बक्सिङ्ग स्पर्धामा नेपालले ३ काश्य जितेको छ । नेपालका दीपक श्रेष्ठ, सरस्वती राना र मिनु गुरुङले काश्य पदक जितेका हुन् ।
बक्सिङ्गको पुरुष ६४ केजी तौल समूहमा नेपालका दीपक श्रेष्ठ श्रीलंकाका डिनिडु सपरामदुसँग सेमीफाइलनमा पराजित हुँदै काश्य जिते ।

महिला ६० केजी तौल समूहमा नेपालकी सरस्वती राना भारतकी सरितादेवीसँग पराजित हुँदै काश्यमा सिमित भइन् । त्यस्तै, ५१ केजी तौल समूहमा नेपालकी मिनु गुरुङ श्रीलंकाकी के.अनुसा दिल्तुक्षीसँग पराजित हुँदै काश्य हात पारिन् ।

कमेन्टहरु
Loading...