पोर्चुगल र मोरक्को क्वाटरफाइलनमा प्रवेश

काठमाडौं / युरोपेली प्रतिद्धन्द्धी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्ट्राइकर गोन्कालो रामोसले कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति सहज जित सहित क्वाटरफाइलनमा मोरक्कोसँगको भेट पक्का गरेको हो ।

कतारको दोहास्थित लुसेल आइकोनिक रंगशालामा रामोसले ह्याट्रिक गर्दा पेपे, राफेल गुइमारेज र राफयल लिआओले एक एक गोल गरका थिए ।

त्यसैगरि स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई प्रहार जोगाएपछि मोरक्को कीर्तिमान रच्न सफल भएको हो । स्पेन भने लगातार दोस्रो विश्वकपमा पेनाल्टी सुटआउटको सिकार बन्यो ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मोरक्को ३–० ले जित निकाल्न सफल भयो । अफ्रिकाबाट अन्तिम आठमा मोरक्कोले मात्रै स्थान बनाएको छ ।

मोरक्कोका गोलकिपर बोनोले स्पेनका कार्लाेस सोलर र कप्तान सजिर्र्यो बुस्केट्सको प्रहार जोगाएका थिए । पाब्लो साराबियाको पहिलो पेनाल्टी प्रहार पोस्टमा लागेको थियो ।

मोरक्कोका अब्देसअहमद साबिरी र हकिम जियाचले गोल गरे । बदर बिनुनको प्रहार स्पेनिस  गोलकिपर युनाई सिमोनले रोकेपनि अचरफ हकिमीले चौथो प्रहार गोल गरेपनि मोरक्को वि विजयी भएको थियो । पूर्व विजेताविरुद्ध मोरक्को डिफेन्सिभ खेलमा सफल भएको थियो ।
यो खेलसँगै क्वाटरफाइलन समिकरण पुरा भएको छ । दुई राष्ट्रबीच क्वाटरफाइनलमा भिडन्त हुँदा इङ्ल्यान्डले फ्रान्स, ब्राजिलले क्रोएसिया र अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

 

कमेन्टहरु
Loading...