नेपाली क्रिकेट टिमका कप्तान मल्लसहित तीन खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको स्वाब परीक्षणमा मल्लसहित उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेलमा संक्रमण पुष्टि भएको हो ।

१६ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो । बन्द प्रशिक्षणमा २२ खेलाडी बोलाइएका थियो ।

सामाजिक सञ्जालमार्फत् कप्तान मल्लले विश्व स्वास्थ्य संगठन र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड पालना गर्ने बताएका छन्।

https://www.facebook.com/gyanendra.malla.92/posts/3927594843937058

 

कमेन्टहरु
Loading...