सागको महिला फुटवलमा स्वर्णका लागि नेपाल र भारत भिड्ने

पोखरा, १ फागुन/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटवलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । राउण्ड रोविकानको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै र आयोजक भारत दोश्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेका हुन् ।
यसअघी नै दुईमा जित र एकमा बराबरी गरेर फाइनल प्रवेश गरिसकेको नेपालले आज श्रीलंकालाई समेत पराजित गर्दै शीर्षस्थानमा रह्यो । त्यस्तै, भारतले पनि आज बंगलादेशलाई ३÷१ ले पराजित गर्दैै फाइनल यात्रा सुरक्षित ग¥यो ।

आज भएको खेलमा नेपालले श्रीलंकालाई ४÷० को फराकिलो अन्तरले पराजित ग¥यो । नेपालका लागि सावित्रा भण्डारीले २ र सपना लामा र मनमाया लिम्बुले एक÷एक गोल गरे । नेपालले पहिलो हाफमा एक र दोश्रो हाफमा ३ गोल गरेको थियो ।

स्वर्ण पदकका लागि अब नेपाल र भारतको महिला टिमले आगामी सोमबार प्रतिष्पर्धा गर्नेछन् । यसअघीका खेलमा नेपाल बिरुद्ध भारत हाबी हुँदै आएपनि यसै सागको लिग चरणमा भएको खेल बराबरीमा रोकिएर अंक बाँडेका थिए ।

कमेन्टहरु
Loading...