कोपापुमा टोरेरस फुटबलमा भाग लिन यु–१२ खेलाडी जापान तर्फ

पोखरा, ११ चैत /जापानमा हुने यु–१२ कोपापुमा टोरेरस अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको लागि यु–१२ टोलीको आईतबार पोखरा रंगशालाबाट विदाई गरिएको छ ।

१४ सदस्यीय टोलीलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले खादा तथा अबिर लगाई बिदाई गरे । विदाई समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङ, कार्यालय प्रमुख प्रकाश बराल, कोषाध्यक्ष दिपकबहादुर गोदार लगायतको उपस्थिति थियो ।

टोलीमा काठमाडौंका एलेक्स पौडेल, स्याङजका आर्यान गुरुङ, बागलुङका विविध थापा, म्याग्दीका विज्ञान गौचन, काठमाडौंकै विश्वास ओझा, स्याङजाका विशाल विक, मकवानपुरका क्रिज्जल लामा तामाङ, गोरखाका प्रकाश तामाङ, अर्घाखाँचकीका समिर गौतम, कास्कीका सफल थापा, रुपन्देहीका सरोज दर्लामी, कास्कीका सविन नेपाली रहेका छन् ।

प्रशिक्षकमा राजेन्द्र तामाङ र व्यवस्थापकमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ रहेका छन् । जापानमा हुने प्रतियोगिताको लागि झण्डै एक महिना अघि देखि म्याम्प सञ्चालन गरी खेलाडी छनोट गरिएको थियो । अन्तिम छनोट भने जापानस्थित फनरुट्स एकेडेमीका प्रशिक्षक समेत रहेको बसन्च गौचनको उपस्थितिमा छनोट गरिएको खेलाडीलाई तीन हप्ता बन्द प्रशिक्षणमा राखिएको थियो ।

नेपाली पुर्व राष्ट्रिय खेलाडी समेत रहेको बसन्त गौचन अहिले जापानमा व्यस्त छन् । जापानमा हुने यु १२ अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने छ । नेपाली फुटबलको विकास गर्ने उद्देश्य अनुरुप यु १२ को टोली जापान लैजादैं आएका छन् । एकेडेमीका सञ्चालक जुन हिरानोले गौचनलाई सहयोग गर्दै आएका छन् । अभियानकर्ता प्रकाश तुलाचनले समेत सहयोगी भूमिकाखेल्दै आएका छन् ।

यु १२ टोलीको सहभागिता भने यो चौथो पटक हो । नेपाली फुटबल खेलाडीलाई अन्तराष्ट्रिय प्लेटफर्म बनाउनको लागि पनि गौचनको यो अभियान प्रभावकारी हुने एएफसी ए लाईसेन्सप्राप्त प्रशिक्षक तामाङले बिदाई समारोहमा बताए । कोपा पुमा टोरेरोस फुटबल प्रतियोगितामा नेपालसँगै कोरिया, जर्मन, मेक्सिको, इरान, डर्टमुण्ड लगायतका देशबाट सहभागिता रहने छ ।

कमेन्टहरु
Loading...