मिक्स्ड रिले ट्रायथोलनमा नेपाललाई रजत

भारत, सिलोङ, २ फागुन/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) को दशौं दिन नेपालले ट्रायथोलनमा रजत पदक जितेको छ ।गुवाहाटीमा आज भएको मिक्स्ड रिले ट्रायथोलनमा नेपालले रजत पदक जितेको हो । नेपालका यामकुमारी घले, हिमाल टमाटा, रोजा केसी र रुद्र कटुवालको समूहले निर्धारित दुरी १ घण्टा ३१ मिनेट ३५ सेकेण्डमा पार गर्दै रजत पदक जितेका हुन् ।

सो स्पर्धामा भारतको समूहले १ घण्टा २४ मिनेट ३१ सेकेण्डमा पार गर्दै स्वर्ण जिते । त्यस्तै श्रीलंकाको समूहले १ घण्टा ३२ मिनेट ०५ सेकेण्डमा पार गर्दै काश्य पदक जित्यो ।

कमेन्टहरु
Loading...