काठमाण्डौमा जारी राष्ट्रिय कोकाकोला कपमा टप्सको विजयी सुरुआत

पोखरा, ५ असोज/काठमाण्डौ जारी राष्ट्रिय कोकाकोला कप छात्र÷छात्रा फुटबल प्रतियोगितामा छात्रा तर्फ पोखराको टप्स उच्च माविले विजयी सुरुआत गरेको छ । शनिबार भएको पहिलो खेलमा टप्स उच्च माविले काठमाडौको एप्लस एकेडेमलाई ३–२ गोल अन्र्तरले पराजित गदै विजयी सुरुआत गरेको हो ।

विमल चौधरीको ह्याट्रिकमा टप्सले दोस्रो चरणको यात्रा पक्का बनाउदै मोडन एकेडेमी काठमाडौसंगको प्रतिस्पर्धा पक्का गरेको हो । त्यस्तै छात्र तर्फको खेलमा पोखराको गण्डकी बोर्डिङ स्कुल र सर्वेश्वर उच्च मावि कैलाली विचको खेल गोल रहित बराबरीमा सकिएको कास्की जिल्ला फुटबल संघका सदस्य रामकृष्ण गोर्खालीले जानकारी दिनु भयो । प्रतियोगितामा सहभागी हुन् टप्स उच्च माविको टिम शुक्रबार काठमाडौ गएको थियो ।

कमेन्टहरु
Loading...