अभ्यासले नै जितको आधार हो ः पौडेल

अभ्यासले नै जितको आधार हो ः पौडेल अभ्यासले नै जितको आधार हो ः पौडेल

पोखरा, २३ भदौ

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभूवन पौडेलले अभ्यास नै जितको आधार भएको बताएका

छन् । गण्डकी प्रदेश अन्र्तराष्ट्रिय तेक्वान्दो संघ र कास्की अन्र्तराष्ट्रिय तेक्वान्दो संघको संयुक्त आयोजनामा

पोखरामा शनिबारदेखी शुरु भएको गण्डकी प्रदेश स्तरीय कालोपेटी, प्रथम÷द्वितीय र तृतीय डान पेटी परिक्षाको

समुद्घाटन गर्दै पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘खेलाडीका लागि जितको आधार भनेको अभ्यास,

अभ्यास र अभ्यास नै हो, त्यसैले अभ्यासलाई सँधै प्राथमिकता दिनुस् ।’

प्रदेश अध्यक्ष पौडेलले खेलाडी राष्ट्रको गहना भएको र उसले देशको नाम चम्काउने बताए । सबै खेलमा

पदकविहिन् बन्दा एउटा प्याराग्लाईडिङ्गले रजत पदक ल्याएर अन्र्तराष्ट्रिय समुदायबीच देशको शीर उचो

बनाउँदा हर्षले गद्गद् हुने उल्लेख गर्दै त्यसरी नै अन्य खेलाडीले पनि देशको नाम चम्काउनुपर्ने बताए । उनले

पत्रकारिताको क्षेत्रबाट खेलकुदको प्रवद्र्धनमा सघाउने प्रतिबद्धतासमेत जनाए ।

आईतबारसम्म चल्ने परिक्षामा करीब ५० जना खेलाडीको सहभागिता रहेको छ । परिक्षाको नतिजा पछि प्रकाशन गरिने बताइएको छ ।

 

कमेन्टहरु
Loading...