शुभकामना कपका लागि आर्थिक सहयोग जुट्दै

पोखरा, २६ फागुन/हमेजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गर्न लागेको शुभकामना कप–२०७५ नकआउट फुटबल प्रतियोगितालाई सहयोग जुट्न थालेको छ। हेमजा युनाईटले शनिवार हेमजामा आयोजना गरेको आमा भेलामा विभिन्न संघ संस्था तथा व्यक्तिले सहयोगको घोषणा गरेका हुन्।

प्रतियोगिताको प्रथम पुरस्कार जनता हार्डवयर्सका प्रोपाइटर रविन कुँवर र सन्तोष किराना स्टोर्सका प्रोपाइटर सन्तोष क्षत्रीले दिने घोषणा गरेका छन्। प्रथम पुरस्कारको राशी २ लाख २ हजार २ सय २२ रुपैया रहेको छ। त्यसैगरी सरल हार्डवयर्स एण्ड सप्लायर्सका प्रोपाइटर लेखबहादुर कुँवरले द्धितीय पुरस्कार दिने घोषणा गरेका छन्। द्धितीय पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ रहेको छ।

त्यस्तै माछापुच्छ«े पार्टी प्यालेसका प्रोपाइटर सञ्जय तिमिल्सिनाबाट ३० हजार, विष्णु पादुका क्लबबाट विशेष सहयोगीका रुपमा ३० हजार, स्नोभ्यू वोर्डिङ स्कूलका संस्थापक प्रिन्सिपल जगतबहादु थापाबाट ११ हजार १ सय ११ र कर्नर फ्याग, हेमजा युनाईटेडका सल्लाहकार डबलबहादुर कुँवरबाट ५ हजार ५ सय ५५ र आर.एस इन्जिनियरि· कन्सल्टेन्सी तर्फबाट उत्कृष्ट खेलाडिलाई ट्रफि दिने घोषणा गरेका हुन्।

भेलामा सहभागिले यो प्रतियोगिता हेमजाको पहिचानसँग जोडिएकाले प्रतियोगितालाई सफलबनाउन सम्पूर्ण हेमजावासी एकजुट भएर लाग्नु पर्ने बताएका थिए। कार्यक्रममा वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापाले प्रतियोगितालाई सफल बनाउनका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा हेमजा युनाईटेका सल्लाहकार डबलबहादुर कुँवर, गौरीशंकर वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ओमबहादुर कुँवर, पूर्व क्याम्पस प्रमुख डम्वरसिंह वस्नेत, गौरी शंकर माविका प्रध्यानाध्यापक अम्मरबहादुर कुँवर, पूर्व राष्ट्रिय खेलाडी वलबहादुर कार्की, एन्फा कास्कीका उपाध्यक्ष जगतबहादुर थापा, महासचिव तथा विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्की, नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य कृष्णप्रसाद पौडेल, आर्थिक उपसमिति संयोजक ऋषिराम पौडेल, प्रचार प्रसार उपसमिति संयोजक प्रकाशचन्द्र सापकोटा, वडा नागरिक मञ्च हेमजाकी संयोजक रमा त्रिपाठीलागयतले बोलेका थिए।

‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मुल नाराका साथ गौरीशंकर खेल मैदान (गैरी) मा हुन लागेको उक्त प्रतियोगिता वैशाख १ गते देखि ८ गते सम्म चल्ने छ। खेलकुदको माध्यमबाट कुलतमा फसेका साथै वेरोजगार युवा युवतीलाई सहि बाटो पहिल्याउनको लागि टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको अयोजना गरिएको हेमजा युनाईटेका अध्यक्ष तथा प्रतियोगिताका संयोजक इन्द्रप्रसाद त्रिपाठीले जानकारी दिए। प्रतियोगितामा एन्फा कास्कीमा आवद्ध क्लब, अन्य जिल्लाका क्लबहरु र विभागिय क्लब सहभागि हुने छन्।

प्रतियोगिता सम्पन्न गर्नका लागि करिव १८ लाख ६८ हजार ३ सय ३३ रुपैया खर्च लाग्ने अनुमान गरिएको हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए। हेमजा युनाइटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य वुद्धदेवि कुँवरले स्वागत र सचिव शंकरमणि त्रिपाठी ‘छन्दमणि’ ले कार्यक्रम सञ्चालन गरेका थिए।

कमेन्टहरु
Loading...