सुर्य तारा रनिङ्ग शिल्ड भलिबल सम्पन्न गर्न विभिन्न उपसमिति गठन

पोखरा, १६ चैत /सुर्य तारा क्लब पोखरा २७ तालचोकको आयोजनामा हुने सुर्य तारा रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको तयारी तिव्र पारिएको छ । प्रतियोगिता सफल बनाउन प्रतियोगिता मुल आयोजक समितिको बैठक शुक्रबार सम्पन्न भएको छ ।

बैठकमा क्लबका पदाधिकारी, सदस्य, आजीवन सदस्य सल्लाहकार सहित बसेको बैठकले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । क्लबका अध्यक्ष विष्णु पुनको अध्यक्षतामा बसेको बैठकले महिला समन्वय उपसमिति संयोजकमा सरस्वती श्रेष्ठ, स्थानीय संघसंस्था परिचालन उपसमिति संयोजक शिवप्रसाद अधिकारी, स्वास्थ्य उपसमिति संयोजक रुद्ररमण रेग्मीलाई चयन गरेको छ ।

त्यस्तै बृद्धिजीवि समाजसेवी परिचालन उपसमिति संयोजकमा सल्लाहकार पर्वतकुमार पौडेल, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा कृष्णप्रसाद अधिकारी, खाना आवास व्यवस्थापन उपसमिति संयोजक रामचन्द्र तिमिल्सिना, अतिथि सत्कार संयोजकमा क्लबका उपाध्यक्ष डिल्लिराम सुवेदी, प्रायोजक समन्वय उपसमिति संयोजकमा निजामुद्धिन मियाँ र प्रचार प्रसार संयोजकमा एकराज गिरीलाई चयन गरेको अध्यक्ष विष्णु पुनले जानकारी दिए ।

“समृद्ध समाज, हाम्रो परिकल्पना” भन्ने नारा सहित स्थापना भएको क्लबले नेपाली नयाँ वर्ष २०७६ को अवसरमा चैत २८ देखि बैशाख १ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने अध्यक्ष विष्णु पुनले जानकारी दिए । प्रतियोगिता अन्नपूर्ण गाँउपालिकाको माछापुच्छे« मा.वि.को खेल मैदान ढिकुरपोखरीमा सञ्चालन हुने छ ।

प्रतियोगिताको विजेताले एक केजी चाँदीको शिल्ड सहित नगद १ लाख १ सय ११ प्राप्त गर्नेछ । उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १० हजार, मेडल र प्रमाणपत्र र अनुशासित टिमलाई नगद पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चैत २५ गतेसम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । टिम दर्ताका लागि पाँच हजार रुपैयाँ शुल्क लाग्ने छ । प्रतियोगिता सम्पन्न गर्न करिव ११ लाख ४५ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजक सुर्य तारा क्लबले जनाएको छ ।

कमेन्टहरु
Loading...