सोनाम ल्होसार कप पोखरा भेट्रान्स टेनिस सुरु

पोखरा, ६ माघ/ लामा ब्रदर्श लेकसाइडको आयोजनामा आइतबारदेखि तेश्रो सोनाम ल्होसार पोखरा ओपन भेट्रान्स टेनिस शुरु भएको छ । कास्की जिल्ला टेनिस संघका अध्यक्ष दोर्जे लामाले एक समारोहका विच टुर्नामेण्ट डाइरेक्टर प्रदिप खड्कालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उदघाटन गरेका हुन् ।

उद्घाटन समारोहमा आयोजक समितिका सचिव केबि लामा, कोषाध्यक्ष लक्ष्मण लामा लगायतले बोलेका थिए । गुरुङ्ग भिलेज टेनिस कोर्टमा भएको प्रतियोगिताको उद्घाटन खेलमा हुम आलेले माधब भण्डारीले पराजित गरे ।

त्यसैगरि लोक गुरुङ्गले विकास खड्कालाई ६–१, ६–१ ले, राजेन्द्र महर्जनले मदन थापालाई ६–०, ६–३ ले, पदम गुरुङ्गले हर्क गुरुङ्गलाई, ६–१, ६–२ ले, बिरेन्द्र लामाले राज गुरुङ्गलाई ६–३, ६–१ ले, केबि तामाङ्गले लक्ष्मण तामाङ्गले ६–४, ७–६ ले, मुनेष थापाले विष्णु गुरुङ्गलाई ६–४, ६–३ ले र नविन श्रेष्ठले नारायण पहरीलाई ७–५, ६–३ ले पराजित गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद १० हजार सहित ट्रफि तथा द्वितिय हुने खेलाडीले नगद ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्ने प्रतियोगिता संयोजक तथा आयोजक समितिका अध्यक्ष बिरेन्द्र लामाले जानकारी दिए । प्रतियोगितामा पोखराका २६ खेलाडीहरुले सहभागिता जनाएका छन् ।

कमेन्टहरु
Loading...