सहारा साँझदेखि एयरपोर्ट सम्म सहयोग

पोखरा, १८ भदौ/सहारा एकेडेमी पोखरालाई पोखरा—१० इन्द्रमार्ग स्थायी घर भई हाल हङकङ बस्ने लोकमाया गुरुङले २० वटा टिर्सट सहयोग गर्नुभएको छ । गुरुङले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सहारा क्लव पोखराका अध्यक्ष विक्रम थकालीलाई ति टिर्सटहरु हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा अध्यक्ष थकालीले सहयोगदाता गुरुङप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा राखेको बताउनुभयो । सहारा एकेडेमीको सहयोगार्थ, आयोजित सहारा साँझ हङकङमा सहभागिता जनाउन पुगेको टोलिलाई शनिबारै सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ, उपाध्यक्ष रेणुका गुरुङ, सल्लाहाकार कोमल गुरुङ, स्याङजाली कान्छादाई लगायतले. विमानस्थलमा खादा लगाएर विदाई गरेका थिए ।
hongkong airport ma sayog gardaiसहारा साँझ हङ्गकङ्गमा सहभागि हुन गत भदौ ५ गते त्यसतर्फ गएको टोलि शनिबार पोखरामा फर्किएको छ । टोलिलाई सहारा क्लवका उपाध्यक्ष विरभद्र आचार्य लगायतका क्लव सदस्यहरुले स्वागत गर्नुभएको थियो । टोलिले मिसन पुरा गरेको फर्केकोमा आफुहरु निकै हर्षित भएको उपाध्यक्ष आचार्य बताउनु भयो ।
सहारा क्लव पोखराका अध्यक्ष विक्रम थकालीको नेतृत्वमा दोहोरी गायक जिवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार, बरिष्ठ फोटो पत्रकार सुर्दशन रञ्जित, रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठ कार्यक्रममा सहभागि हुनु भएको थियो ।
सोही कार्यक्रममा भाग लिन युकेबाट सहारा युकेका अध्यक्ष नविन गुरुङ, प्रमुख सल्लाहाकार महेश गुरुङ, पप गायक विवेक श्रेष्ठ पनि हङकङ जानु भएको थियो । सहारा क्लव हङकङले सहारा एकेडेमीको सहयोगार्थ हङकङमा गत भदौ ९ गते भव्य सांगितीक कार्यक्रम गरेको हो ।
यसैबीच सहारा एकेडेमीका आज एक बालक थपिएका छन् । तनुहँका घाँसीकुवा गाविसका ९ वर्षिय उत्तम घर्तीलाई एकेडेमिमा राखिएको उपाध्यक्ष आचार्यले जानकारी दिनुभयो । यसअघिे एकेडेमीमा विपन्न र असहाय वर्गका १४ जना बालकहरुले शिक्षादिक्षाको साथै फुटवल प्रशिक्षण लिइरहेका छन् । एकेडेमीमा ३० जना बालक राख्ने लक्ष्य क्लवले लिएको छ । एकेडेमीमा भएका बालक ८ देखि १० बर्ष का छन् ।एकेडेमी संचालन गर्न सहारा क्लवले २ करोड लगानी गरेको छ ।
 

कमेन्टहरु
Loading...