मावि स्तरीय भलिबलमा छात्रातर्फ सेमीफाइनल र छात्रतर्फ क्वाटरफाइनल समीकरण पुरा

पोखरा, १० माघ/पोखरा रंगशालामा जारी कास्की जिल्ला स्तरिय प्रथम सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगितामा छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको छ । कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा भएको प्रतियोगितामा विहीबार सम्पन्न खेलहरुसँगै छात्रतर्फ क्वाटरफाइनल र छात्रातर्फ सेमीफाइनल समीकरण पूरा भएको हो ।

प्रतियोगिता अन्तर्गत विहीबार छात्रातर्फका २ वटा सेमीफाइनल खेलहरु सम्पन्न भए । विहीबार जनप्रिय माविले शान्त माविलाई २५–५ र २५–१३ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा सुनिश्चित ग¥यो । त्यस्तै विहीबारै भएको अर्को खेलमा तालवाराही माविले सिद्ध माविलाई २५–२१ र २५–७ को सोझो सेटमा पराजित गर्दै सेमीफाइनल पुग्यो । यसअघी बुधबार भएको खेलमा जित हात पार्दै जनप्रिय मावि र छोरेपाटन मावि सेमीफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतियोगिता अन्तर्गत विहीबार छात्रतर्फ प्रि क्वाटरफाइनलका ८ खेल सम्पन्न भए । विहीबार भएको खेलमा छोरेपाटन माविले तालवाराही माविलाई २३–२५, २५–२० र २५–१८ ले पछि क्वाटरफाइनलको यात्रा तय ग¥यो । त्यस्तै, कालिका माविले सिद्ध माविलाई २५–१८ र २५–१४, राष्ट्रिय माविले गौरीशंकर मावि हेमजालाई २५–१५ र २६–२४, भद्रकाली माविले बहादुरे माविलाई २५–१६ र २५–१९, गौरीशंकर मणिलाल माविले छोरेपाटन माविलाई २५–२३ र २५–१८, शारदा माविले सिद्धवराह माविलाई २५–२० र २५–२१ तथा मेश्रम वराह मावि घान्द्रुकले भविष्य निर्माण माविलाई २५–२० र २५–१६ को सोझो सेटमा पराजित गर्दै क्वाटरफाइनल यात्रा सुनिश्चित गरे ।

विहीबारै भएका अन्य खेलहरुमा गोगन माविले महेन्द्र माविलाई २०–२५, २५–१९ र २५–२३, लक्ष्मी माविले शिवशक्ति माविलाई १४–२५, २५–१४ र २५–२० तथा कालिका माविले विरेठाँटी माविलाई २५–१८, २०–२५ र २५–१५ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको प्रतियोगिता संयोजक बुद्ध सिंहले जानकारी दिए ।

प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रातर्फका सेमीफाइनल तथा छात्रतर्फका क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु हुने कास्की जिल्ला भलिवल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । उनका अनुसार शुक्रबार छात्रातर्फको सेमीफाइनलमा जनप्रिय मावि र छोरेपाटन मावि तथा बाल मन्दिर मावि र तालवाराही मावि फाइनल प्रवेशका लागि भिड्नेछन् ।

यसैगरी शुक्रबार छात्रतर्फका क्वाटरफाइनलका खेलहरुमा लक्ष्मी मावि र शारदा मावि, गोगन मावि र राष्ट्रिय मावि, कालिका माविले मेश्रम वराह मावि तथा भद्रकाली माविले गौरीशंकर मणिलाल माविसँग प्रतिष्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल सकिएलगत्तै छात्रतर्फका सेमीफाइनल खेलपनि शुक्रबारै हुने प्रतियोगिता संयोजक बुद्ध सिंहले जानकारी दिए ।

बुधबारदेखी शुरु भएको प्रतियोगिता माघ १२ गते शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधि बिजेताले ५० हजार, उपबिजेतालाई ३० हजार र तृतीय हुने विद्यालयलाई १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सर्भर र उत्कृष्ट प्रशिक्षकलाई पनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

कमेन्टहरु
Loading...